“चौघरा दुर्गा दाई”पुस्तक विमोचन

चरिकोटः दुर्गा प्रसाद शिवाकोटीको जीवनी समेटिएको पुस्तक चौघरा दुर्गा दाइ चौघरामै विमोचन गरिएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानी चौघरा निवासी स्वर्गीय दुर्गा प्रसाद शिवाकोटीले जीवनकालमा शिक्षा, स्वास्थ्य, सामाजिक कार्य र बिकासमा दिएको योगदानको बारेमा उल्लेख गरिएको “चौघरा दुर्गा दाई” नामक पुस्तक सोमबार विमोचन गरिएको हो ।
छोराहरु माधवप्रसाद शिवाकोटी र यादवप्रसाद शिवाकोटीका बुबा स्वर्गीय दुर्गा प्रसाद शिवाकोटीले सुनखानीको विकास र चौघराभित्रको सकस र वंश विस्तारमा महत्वपूर्ण योगदान दिएका थिए । सुनखानीको विकास निर्माणलाई महत्वपूर्ण योगदान दिएकै कारण बुबाको योगदानलाई लिपीवद्ध गर्नको लागि पुस्तक प्रकाशन गरिएको प्रकाशक तथा जेठो छोरा माधवप्रसाद शिवाकोटीले बताउनु भयो । छोरा माधवप्रसाद शिवाकोटीले प्रकाशन गरिएको यस पुस्तक रोहिणीप्रसाद घिमिरेले लेखिएका थिए । यस पुस्तकमा स्वर्गीय दुर्गा प्रसाद शिवाकोटीले जीवनकालमा भोगेका सुख दुखको कुरा, अनुभव र सुनखानीको विकास निर्माणमा दिएको योगदानलाई समेटिएका छन् ।
चौघरा दुर्गा दाइ पुस्तक विमोचन माधवप्रसाद शिवाकोटीकी आमा विष्णुमाया शिवाकोटीको अध्यक्षता र कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानीका वडाअध्यक्ष सूर्य बहादुर आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला विकास समिति दोलखाका पूर्वउपसभापति कृष्ण प्रसाद शिवाकोटी, होम पाठक, गोकर्ण शर्मा त्रिपाठी, पदमराज खरेल, राजेन्द्र शिवाकोटी, टहल आचार्य, रोहिणी शिवाकोटी र कल्पना खरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "“चौघरा दुर्गा दाई”पुस्तक विमोचन"

Leave a comment

Your email address will not be published.


*