चोरको निशानमा भिमेश्वर सहकारी

चरिकोट –दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर १ भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था चोरको निशान पर्न थालेको छ । १ बर्षमा २ पटक चोरले सहकारीमा ताडफोड गरी चोरी गरेका छन । गएको पुसमा कार्यालयको झ्याल तोडफोड गरेर चोरी भएको सहकारी गत बिहिवार राती फेरि पनि चोरी भएको हो। शुक्रबार चोरले पहिला सिसि क्यामारा फुटाएर चोरी गरेको संस्थाका अध्यक्ष श्यामकाजी कटुवालले बताए । पटक पटक चोरले सहकारीलाई निशाना बनाएको र त्यसको छानविन गर्न सहकारीले आफ्नो तरिकाले लागेको अध्यक्ष कटुवालले बताए । “शुक्रबार चोरले सहकारी फुटाएर २२ सय चोरी गरेको पाइयो , त्यसको छानविन प्रहरीलाई गर्न हामीले अनुरोध गरेका छौ ”कटुवालले भने ।
शुक्रबार बिहान ९ बजे कार्यालय पुग्दा चोरी भएको थाहा पाएको सहकारीले जनाएको छ। कार्यालयका भित्रका ढोकाहरु तोडफोड गरेर सिसि क्यामेराहरुहरु तोडफोड गरि नगद २ हजार २ सय ५० सहित मनिटर, पावर डिस्क, डिजिटल हाजिर लगायत कार्यालयको सरसामन चोरी भएको सहकारीले जनाएको छ।

Shares

Be the first to comment on "चोरको निशानमा भिमेश्वर सहकारी"

Leave a comment

Your email address will not be published.


*