चैत्र २३ गते बाट जिरी महोत्सव हुने

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा चैत्र २३ गते बाट जिरी महोत्सव आयोजना हुने भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत्र २३ देखि बैशाख २ गतेसम्म दोस्रो जिरी महोत्सवको आयोजना हुने भएको हो । जिरीको पर्यटन तथा स्थानीय उत्पादनहरुको प्रबर्धनकालागि महोत्सवको आयोजना गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनको विक्री वितरण, स्थानीय संस्कृतिको अवलोक गर्नाका साथै जिरेल लगायत स्थानीय जातजातीका खानाका परिकारको स्वाद लिन सकिने उहाँको भनाई छ । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकिहरु प्रदर्शन गरिनाका साथै बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ । जिरीनगरका च्योर्दुङ, हनुमन्ते, स्टोन पार्क,बुुद्ध पार्क लगायतका महत्वपूर्ण गन्तब्यहरु समेत प्याकेजमा महोत्सवको अवसरमा घुम्न सकिने जिरी उद्योग वाणिज्य संघले बताएको छ ।

Shares

Be the first to comment on "चैत्र २३ गते बाट जिरी महोत्सव हुने"

Leave a comment

Your email address will not be published.


*