चेम्बर अफ कमर्स दोलखाद्धारा ब्याजदर बृद्धि विरुद्ध प्रदर्शन

दीक्षण समाचार ÷चरिकोट, ःबैंक तथा वित्तीय संस्थाले गरेको चर्को ब्याजदर बृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । चेम्बर अफ कमर्स दोलखाको आयोजनामा आइतवार विरोध प्रदर्शन गरिएको छ आर्थिक संकटको बेला वृद्धि भएको व्याजदरले व्यवसाय नै धरायसी बनेको दोलखाका व्यवासायीहरुको भनाई छ । विरोध ¥याली पश्चात सहायक प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयलाई व्याजदर घटाउने मागसहितसुझाव पत्र बुझाइएको चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले बताउनु भयो । उहाँले कोभिड माहामारी लगायतका कारण व्यावसाय धान्नै नसक्ने परिस्थितिमा पुगेका बेला बैँकको व्याजदर वृद्धि भएपछि बाध्य भई विरोध प्रदर्शन गर्नु परेको श्रेष्ठको भनाई छ । उहाँले व्याजदर वृद्धिबाट सीमित बैँकरहरु पोस्ने र सम्पूर्ण उद्योगी व्यावसायीहरुलाई डस्ने काम भएको बताउँदै व्याजदर घटाइनु पर्ने माग गर्नु भयो ।
चेम्बरले उच्च ब्याजदर नियन्त्रणको लागि स्प्रेड दर घटाइनु पर्ने, बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरिनु पर्ने माग गरेको छ । त्यसैगरी ,कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमीयम थप हुने गरी व्यवस्था गरिनु पर्ने चेम्बरको माग रहेको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य वैकहरुलाई ऋण प्रवाह गर्दा बिगत ६ महिनामा ५ प्रतिशतबाट ८.५ प्रतिशत पु¥याइएकोमा सो लाई ५ प्रतिशतनै कायम गरिनु पर्ने चेम्बरले बताएको छ । सीडी रेसियो ९० प्रतिशतको स्थानमा बिगत वर्ष सरह ८५ प्रतिशत कायम गरिनु पर्ने, तरलताको समुचित व्यवस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्नु पर्ने लगायका माग चेम्बरको रहेको छ ।

Shares

Be the first to comment on "चेम्बर अफ कमर्स दोलखाद्धारा ब्याजदर बृद्धि विरुद्ध प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*