चेम्बर अफ कमर्सको छैटौं स्थापना दिवसको अबसरमा रक्तदान

चरिकोट(दीस) –दोलखा चेम्बर अफ कमर्सको छैटौं स्थापना दिवसको अबसरमा रक्तदान सम्पन्न भएको छ । कमर्सको आयोजनामा चरिकोटमा भएको रक्तदानमा २५ जनाले रगत दान गर्नू भएको कमर्संका उपाध्यक्ष रद्रजंग बुढाथोकीले बताउनु भयो ।

दोलखा चेम्वर अफ कमर्शका अध्यक्ष विष्णुु श्रेष्ठको अध्यक्षता भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी , प्रमुख जिल्ला अधिकारी भोज राज खतिवडा , प्रहरी नायव उपरीक्षक गंगा त्प्रसाद पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख राजन शर्मा, तारा दल गणका मेजर शक्ति केसी, सशस्त्र प्रहरी बल १८ नम्बरका शेखर कार्कीलगायतको उपस्थिति रहेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र तारादल गण चरिकोटको सहकार्यमा भएको थियो ।,कार्यक्रममा चेम्वरका प्रतिनिधी तथा अन्य व्यवसायीकाे उपस्थीति रहेको थियो ।

पछिल्लो समय चेम्बर अफ कमर्स दोलखाले व्यापारीकाे समस्या समाधान गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।चालु आर्थिक बर्ष कर शिक्षा कार्यक्रम र नयाँ जनप्रतिनिधीलाई सम्मान गरेको पनि बुढाथोकीले बताउनु भयो ।

Shares

Be the first to comment on "चेम्बर अफ कमर्सको छैटौं स्थापना दिवसको अबसरमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*