चेपाङलाई बाख्रा वितरण

चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ । पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो । प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिनुभयो । कालिका–९ र ११ का २५÷२५ परिवारलाई बाख्रा वितरण गरिएको हो । चेपाङको पोषण अवस्था सन्तोषजनक नभएकाले गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई लक्षित गरेर बाख्रा वितरण गरिएको उहाँको भनाइ छ । वडा नं ९ मा नगरपालिकाको सहयोगमा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्थामार्फत बाख्रा वितरण गरिएको थियो । सहकारीमा आबद्ध कुपोषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खडककुमारी खत्रीले जानकारी दिनुभयो । नगर क्षेत्रका महिलालाई उद्यमी बनाउने उद्देश्यले उक्त कार्यक्रमलाई जोड दिइएको उहाँको भनाइ छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि मासुमा समेत अनुदान दिने नीति लिएको छ । –––

Shares

Be the first to comment on "चेपाङलाई बाख्रा वितरण"

Leave a comment

Your email address will not be published.


*