चेतनामूलक पर्चा वितरण

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा ट्राफिक प्रहरीले ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक पर्चा वितरण गरेको छ । शुक्रबार महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा जिल्ला ट्राफिक कार्यालयले सो पर्चा वितरण गरेको हो ।
सदरमुकाम चरिकोटमा तीज मनाउन एकै ठाउँमा जमघट भएका सम्पुर्ण महिला लगायत अन्य सर्वसाधारणलाई ट्राफिक चेतान सम्बन्धी पर्चा वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्राईले जानकारी दिनुभयो । प्रमुख भट्टराईका अनुसार महिलाहरूलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक सन्देश फैलाउने उद्देश्यले उनीहरुलाई जेब्रा क्रसिङको पालाना, सुरक्षित सडक प्रयोगको पालना सहित ट्राफिक नियम सम्बन्धी विभिन्न संदेशमूलक जानकारी दिएको बताउनुभयो ।

Shares

Be the first to comment on "चेतनामूलक पर्चा वितरण"

Leave a comment

Your email address will not be published.


*