चेतनशील क्षमता बचत तथा ऋण सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न

चरिकोट, अनिल दहाल –दोलखाको बैतेश्वर गाउँपालिका ६ मा रहेको चेतनशील क्षमता बचत तथा ऋण सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न  गरेको छ। संस्थाको मुख्य कार्यालय रहेको घिमिरेटार भएको साधारण सभाको गाउँपालिका उपाध्यक्ष रबिचन्द्रले सधारण सभाको उद्धघाटन गर्दै सहकारीले गरिबी निबारण गर्न योगदान गर्दै आएको बताए । सहकारीमा ६ करोड ७२ लाख ८२ हजार पाँच सय १७ रुपैयाँ कुल पुँजी रहेको संस्थाका अध्यक्ष पुन्य प्रसाद घिमिरे बताए । संस्थामा १७ सय ६७ जना सेयर सदस्य आबद्ध रहेको उनले बताए ।संस्थाको आर्थिक प्रतिबेदन संस्थाका काेषाध्यक्ष घिमिरेले प्रस्तुत गरेका थिए । सहकारीमा ६४ लाख शेयर पुँजी रहेको छ । आज साधारण सभामा हितेषी बहुउदेश्य साना सहकारी संस्थाका अध्यक्ष माधबप्रसाद घिमिरे दीक्षण दैनिकका निर्देशक धुब्र आर्चाय , त्रिपुरा क्याम्पसका प्रमुख रमेश घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "चेतनशील क्षमता बचत तथा ऋण सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*