चेतनशिल साकोसको अन्तिम प्रतिनीधिमुलक २६ औँ सधारणसभा सम्पन्न

घिमिरेटार (दीस) –दोलखाको बैतेश्वर गाउँपालिकामा रहेको चेतनशिल बचत तथा ऋण सहकारीको अन्तिम प्रतिनीधिमुलक २६ औँ साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको कार्यालयमा भएको साधारणसभाको हिेतैषी साना किसान कृृषि संस्था सहकारी लि.का अध्यक्ष माधव प्रसाद घिमिरेले उद्धघाटन गर्नु भएको थियो । संस्थाका अध्यक्ष पुण्य प्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा संस्थाको सञ्चालक समितिको प्रतिवेदन सचिब बद्री दहालले प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष बलराम घिमिरेले प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा गत आर्थिक बर्षको कुल आम्दानी ८६ लाख ८४ हजार १सय ९६रुपैया र नाफा ३१लाख ७३ हजार ४सय ६०रुपैयाँ रहेकाे प्रतिबेदनमा प्रस्तुत गरिएको छ । संस्थाको निक्षेप ५करोड १४ लाख ४३हजार ६सय १२ रुपैयाँ रहेको छ । संस्थामा कुल सेयर ७८लाख १२ हजार ७ सय , जगेडाकोष ५७ लाख ४१हजार ७सय ३५ र अन्यकोष ३५लाख ८९हजार ४ सय १८ रुपैयाँ रहेको जनाइएको छ । त्यसैगरी संस्थामा जगडा तथा कोषहरु ८४लाख ८७हजार ९सय ७४ र सदस्यहरुसँग रहेको ऋण रु. ६करोड ५३लाख ३५हजार ४सय ६ रुपैँया रहेको साधारणमा प्रस्तुत भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । साधारणसभामा संस्थाले आफ्ना सदस्यहरुलाई सुत्केरी स्याहार वा पोषण,छात्रवृत्ति,जघन्यरोग सहयोग,वृद्ध सम्मान,उत्कृष्ट सेयर खरिद, वचत जम्मा,असल ऋणीलाई सम्मान गर्ने गरेको छ। साधरण सभामा त्रिपुरा क्याम्पसका प्रमुख रमेश घिमिरे , दीक्षण दैनिकका कार्यकारी निर्देशक धु्रव आर्चाय लगायतले आफ्नो मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

 

Shares

Be the first to comment on "चेतनशिल साकोसको अन्तिम प्रतिनीधिमुलक २६ औँ सधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*