चुनाबमा दोलखाका विभिन्न क्षेत्रमा मदिरा निषेधित

चरिकोट÷जिल्ला प्रशासन कार्यालय दोलखाले दोलखा जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा शान्ति सुरक्षा भंग हुन नदिन जिल्ला प्रशासन कार्यालयले जिल्ला लाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो ।मंसिर ४ गते सम्पन्न हुने निर्वाचलाई मध्येनजर गर्दै शान्ति ब्यवस्था भंग हुन नदिन कार्तिक २७ गते मध्यरात देखि मंसिर ६ गते मध्ये रातिसम्म जिल्ला भित्र मादक पदार्थ विक्रीवितरण तथा वसारपसार गर्न पूर्ण रुपले निशेध गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिनु भयो । साथै जिल्ला भित्रका होटलहरु पनि बेलुका आठ बजेसम्म मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "चुनाबमा दोलखाका विभिन्न क्षेत्रमा मदिरा निषेधित"

Leave a comment

Your email address will not be published.


*