चीनमा रहेको अमेरिकी दूतावासले ग¥यो असंवेदनशील टिप्पणी, रिसाए चिनियाँ

एजेन्सी – चीनमा रहेका अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेको एउटा पोस्टमा विद्यार्थीहरूलाई कुकुरसँग तुलना गरेपछि चिनियाँहरू रिसाएका छन् ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरी महिनामा चीनमा रहेका सबै गैरअमेरिकी नागरिकलाई कोरोना संक्रमणपछि अमेरिका प्रवेश गर्न रोक लगाएका थिए ।  बुधवार वीबो नामक सामाजिक सञ्जालमा चीनमा रहेको अमेरिकी दूतावासको भिसा सेक्सनले विद्यार्थीहरूलाई बाइडन प्रशासनले नियन्त्रण खुकुलो बनाइसकेको भए पनि किन कुरिरहेको भनी सोधेको थियो ।  ‘वसन्त आएको छ र फूल फुल्न थालेका छन् । तपाईं बाहिर गएर खेल्न आतुर कुकुर जस्तो हो ?’ चिनियाँ भाषामा लेखिएको पोस्टमा उल्लेख थियो । त्यससँगै खुशी भएको एक छाउरोले ढोका नाघ्न खोजेको भिडियो पोस्ट गरिएको थियो ।  त्यो देखेर वीबो प्रयोगकर्ताहरू रिसाए अनि यस्तो तुलना अनुपयुक्त रहेको बताए । उक्त पोस्टलाई पछि डिलिट गरिएको थियो । त्यस्तो पोस्ट नग्न जातिविभेद भएको प्रयोगकर्ताहरूको भनाइ छ । अमेरिकीहरूका लागि कुकुर सकारात्मक अर्थ दिने भए पनि चिनियाँका लागि नकारात्मक अर्थ लाग्छ भनी दूतावासका कर्मचारीले बुझ्न नसकेको वीबो प्रयोगकर्ताको भनाइ छ ।
बेइजिङमा रहेको अमेरिकी दूतावासका एक प्रवक्ताले बिहीवार बिहान यस पोस्टका लागि माफी मागेका छन् ।

Shares

Be the first to comment on "चीनमा रहेको अमेरिकी दूतावासले ग¥यो असंवेदनशील टिप्पणी, रिसाए चिनियाँ"

Leave a comment

Your email address will not be published.


*