चीनमा ड्रोनले किन ग¥यो गाली

एजेन्सी –चिनियाँ अधिकारीहरुले कोरोना भाइरस सम्बन्धी निगरानीलाई नयाँ स्तरमा पुर्याएका छन् । यसमा उनीहरुले मास्क नलगाइ हिँडडुल गरिरहेका नागरिकहरुलाई ड्रोनमार्फत निरीक्षण गरि गाली गरिरहेका छन् । विभिन्न ग्रामीण तथा शहरी क्षेत्रहरुमा अहिले ड्रोन परिचालन गरिएको छ । बालबालिकालाई समेत यसले बाहिर निस्किएको देखेमा भित्र बसिरहन भन्छ । कोरोना भाइरस सुरु भएको वुहान क्षेत्रबाट १००० माइल टाढा, भित्री मंगोलियाको उत्तरी प्रदेशमा सो ड्रोनले दैनिक चक्कर लगाउने गरेको उक्त भिडियोमा भनिएको छ ।

चीनमा ३०५ जनाको यसै भाइरसका कारण मृत्यु भइसकेको छ भने १४ हजार भन्दा बढी संक्रमित भएको बताइएको छ । दुई दर्जन भन्दा धेरै देशहरुमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले यसअघि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

ग्लोबल टाइम्सले शुक्रबार ट्वीटरमा पोस्ट गरेको भिडियोमा, आकाशमा उडिरहेको ड्रोनले एक जेष्ठ नागरिकलाई मास्क लगाउन र घरमै बस्न भनि गाली गरेको देख्न सकिन्छ । महिलालाई मास्क नलगाइ हिँडेको देखेपछि ड्रोनले चिनियाँ भाषामा, ‘हो आन्टि यो बोलिरहेको यन्त्र ड्रोन हो । तपाईँले यसरी मास्क नलगाइ हिँड्नु ठीक होइन’ भन्दै उनलाई सम्झाएको देख्न सकिन्छ ।
यसरी ती महिला ड्रोनको कुरा सुनेपछि छिटो छिटो भाग्ने प्रयास गरिरहेकी छिन् तर ड्रोन अझै उनको पछि लाग्दै फेरि उनलाई सम्झाउँछ, “हो तपाईँ घर गएकै राम्रो, हात धुन नबिर्सनुहोला ।” यसरी ड्रोनले नियमित सबैमाथि नजर राख्दै सतर्क गराइरहेको छ र बाटोमा हिँडिरहेका मान्छेलाई तोकेर ‘तपाईँको मास्क खोइ ?’ भनेर गर्ने गरेको छ ।

Shares

Be the first to comment on "चीनमा ड्रोनले किन ग¥यो गाली"

Leave a comment

Your email address will not be published.


*