चीनमा कोरोनाको दोस्रो लहर, हिबेई प्रान्तमा लकडाउन थप

काठमाडौं, १५ असार–चीनले राजधानी बेइजिङको निकट हिबेई प्रान्तमा कारोना भाइरस संक्रमण देखिएपछि कडा लकडाउन गरेको छ ।यो लकडाउनका कारण करिब ४ लाख मानिस प्रभावित हुनेछन् । यो हिबेईको एनसिनमा लगाइएको हो । जुन राजधानी बेइजिङनजिकै पर्छ ।

गत वर्षको डिसेम्बरमा चीनबाट नै कोरोना भाइरस संक्रमणको सुरुआत भएको थियो । तर, चीनमा केही महिनादेखि कोरोना संक्रमणमा कमी आएपछि लकडाउन खोलिएको थियो ।

संक्रमणको दोस्रो लहरको आशंकामा सरकारले सतर्कता अपनाएको हो । चीनका स्वास्थ्य अधिकारीले यसलाई गम्भीरतापूर्वक लिइएको उल्लेख गरेका छन् ।

अधिकारीहरूले एनसिनलाई पूर्ण रूपमा घेराबन्दी गरिने र हरेक कुरा नियन्त्रित हुने बताएका छन् । लकडाउनका समयमा सो क्षेत्रमा अत्यावश्यक सामान किन्नेहरूलाई मात्रै घरबाहिर जान दिइनेछ ।

सो क्षेत्रमा प्रवेश गर्न कसैलाई पनि दिइने छैन । अधिकारीहरूले नियम उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्ने बताएका छन् । एनसिन राजधानी बेइजिङबाट १५० किलोमिटर दक्षिणमा छ ।

दुई साताअघि बेइजिङमा पुनः कोरोना संक्रमित भेटिँदा एनसिनमा मात्रै १८ जना संक्रमित भेटिएका थिए ।

Shares

Be the first to comment on "चीनमा कोरोनाको दोस्रो लहर, हिबेई प्रान्तमा लकडाउन थप"

Leave a comment

Your email address will not be published.


*