चीनमा आयो भूकम्प , मास्क लगाएर मानिस बाहिर

एजेन्सी –रोनाभाइरसको महामारीले आक्रान्त चीनमा सोमवार बिहान भूकम्प तनाब दिएको छ । भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर बताइएको छ ।जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरू भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा १५० जना उद्धारकर्ता र ३४ वाहन पठाइएको छ । अहिलेसम्म कुनै हताहतीको सूचना नआएको चीनको समाचार संस्था सिन्ह्वाले जनायो । भूकम्प आएपछि स्थानीयहरू घरबाहिर सुरक्षा मास्क लगाएर उभिएका थिए । केही मानिसले घरबाट सिरक लगेर कारभित्र रात बिताएका थिए ।

Shares

Be the first to comment on "चीनमा आयो भूकम्प , मास्क लगाएर मानिस बाहिर"

Leave a comment

Your email address will not be published.


*