चिन र उत्तर कोरिया पछि नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय छ

आनन्द प्रसाद पोखरेल

आनन्द प्रसाद पोखरेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार वर्तमान परिस्थितिमा बहुपक्षीय चुनौतिको बीचमा छ । चिन र उत्तर कोरिया बाहेक जनताको बिचमा कम्युनिष्ट पार्टीहरु त्यति लोकप्रिय छैनन । नेपालमा कम्युनिस्ट पार्टी लोकप्रिय छ । नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक निर्बाचन प्रणालीबाट सुबिधा जनक बहुमतले कम्युनिष्ट पार्टीले सरकार संचालन गर्नु आफैमा ठुलो कुरा थियो र हो । २१ औ शताब्दीमा नेपालले यो बिषय कार्यान्वयन गरिरहेको छ । यति बेर साम्राज्यवादी र बित्तिय एकाधिकार पुँजिबादका बिचारक प्रबर्धक , संचालक यसलाई आदर्श मानेर बैचारिक नेतृत्व गर्नुे शासकहरुलाई नेपालको कम्युनिस्ट पार्टीको जनअनुमोदित सरकार बनेकोमा शुरु देखीनै खुसी थिएन । “निर्वाचन” पुंजीपन्थीहरु प्रजातन्त्रको मुख्य कडी ठान्थे । आफू भन्दा फरक मत राखने राजनीतिक, बैचारिक शक्तिलाई दमन गर्ने निर्बाचन , प्रजातन्त्र र मानब अधिकारको डण्डा तेर्साएर एकाधिकार पुँजिबादको झण्डा ऊठाऊथे । सत्ता,शक्ति,मसल र पैसाको बलमा बिपक्षलाई पराजित घोषणा गरेर प्रजातन्त्रको नाममा एकाधिकार पुंजिबादी बिश्व संचालन गरेको शक्तिहरु नेपालका कम्युनिष्टको प्रगति देखेर तिल मिलाऊनु स्वभाविक थियो । यो ताकत शुरुदेखि नै

कम्युनिस्ट सरकार बिशेष त केपी शर्मा ओलीको बिरोधमा मोर्चा बन्दी गरिरहेको थियो । बैचारिक प्रतिबाद गर्दै थियो । अहिले यो ताकत कम्युनिस्ट पार्टी र सरकारको बिरुद्ध बिभिन्न छद्म नाममा प्रचारात्मक मात्रै होइन भौतिक रुपमा सडकमा ऊत्रिएका छ ।सरकार बने देखी बर्तमान सरकारको मुल ध्येय संबिधान कार्यन्वयन , लोकतन्त्र , जनताको जनजीबिका र राष्ट्रिय अखण्डता सुद्दृडीकरण गर्नु हो । राष्ट्रीय अखण्डताको सुद्दृडिकरण गिर्ने पछिल्लो कदम स्वरूप भारतले अतिक्रमित भुमी लिम्पियाधुरा , लिपुलेक , र कालापानि समाबेस गरेर नयाँ नक्शा पास गरी संबिधान सशोधन मार्फत निशानछाप समेत संशोधन गरेको छ र नेपालको भुमि भारतले छोडनु पर्ने माग गरेको छ ।

। लामाे समय देखी भारतले कब्जा गरेको भुमी नेपालको नक्शामा समाबेश हुनुको कारण दक्षिण छिमेकी रिसायको मात्र होईन सैनिक धम्कीसमेत दिन पछि परेको छैन । बिगत झै भारतओलीलाई पार्टी र सरकारबाट हाटाऊन चौर्तफी दबाब सिर्जना गर्दै माइक्रो ब्यबस्थानमा ऊत्रेको छ । आन्तरिक र बाह्य दुबै ढगले भारत परिचालित देखिन्छ ।
बिश्वब्यापी रुपमा कोभिड१९ शताब्दीकै खत्रनाक महामारिको रुप संक्रमण फैलिरहेकोछ । नेपालमा पनि संक्रमणले भयाभह रुपमा लिदैछ । अर्थतन्त्र , जनजीबिका र बिकासमा क्रमस नकारात्मक सुचा‘क देखिदै छ ।

संक्रमणको स्थिती यथाबत रहे मुलुको भोकमरि र गरिबको चक्रब्युमा फस्ने संकेत देखिदै छ । अमेरीकाको अनुदानमा संचालन हुने एमसिसी परियोजनालाई बीबादको बिषय बनाई नेपाल र अमेरीका बीचको सम्बन्धमा अप्ठ्यारो श्रृजना हुने अबस्था देखिएकोछ छ। यसमा …. सको दैलो देखो भन्ने ऊखान चरितार्थ गरिदैछ ।
नेपाल चिन कृत्रिम सिमा बिबाद तब खड गरिन्छ । जब नेपाल भारत सिम ाबिबाद , सन्धिको पुनराबलोकन र डुवानको बिषय ऊठछ तब नेपाल चिन सिमा बिबाद तन्किन्छ । चिनलाई बिबादमा तान्निछ । यसपटक त यो संसदमा पनि प्रबेस गराऊने प्रयत्न भएको छ । नेपाल चिन सिमाबिबाद भारतिय अतिक्रमणको मुद्दा ओझेल पार्न नियतले गरिएको षडयन्त्र मात्र हो नेपाल चिन सम्बन्ध बिगार्न प्रपंन्च हो । यसमा सरकारले आफ्नो दृष्टीकोण प्रष्ट पारेको छ । यदि समस्या भए दुईपक्ष बार्ताद्वार हल हुने कुर चिन नेपाल सहमत नै छन । पार्टी र सरकारमाथिको चौतर्फि घेराबन्दीबाट मुक्त गर्ने पार्टी सरकार र जनताहरु एकता बद्ध हुनु आजको कार्यभार हो । पार्टी र सरकारको दायित्व हो । लामो प्रतिक्षा पछि नेपाल कम्युनिस्ट पार्टीको स्थाई कमिटीको बैठक बसिरहेको छ ।

 

बैठकको एजेण्डा सार्वजनिक नहुदै दुई अध्यक्षता बिचका बिबाद , बरिष्ठ नेता माधब कुमार नेपाल र ऊहाँको समुहबद्धता र असुन्तिष्टी बाहिरीएको छ। झन फाईटी टु फिनिस हुनेगरी लड्ने जस्ता कुरा बाहरीनु बास्त्बिक रुपमा दुर्भाग्य हो । पार्टी एकता , कम्युनिष्ट आन्दोलन र जनता प्रति धोखा हो । यो एकता प्रति गद्दारी हुनेछ । अहिले नेकपा भित्र देखिएको पार्टी भित्रको शक्ति संघर्ष , गुटबन्दी, आग्रह, अधैर्यताले पार्टी बिर्सजन हुनेछ । पार्टी एकताको बेलामा गरिएको सहमतिय राजनितीको अन्तहुनको साथै पार्टी बिघटन हुनेछ । पार्टी बैठकमा जादा ओलीको असफलता देखाऊन , पार्टीको पद र सरकारबाट ओली हटाऊँने मोर्चाबंदी गरि जाने हो भने यो कम्युनिस्ट पार्टीको बैठक हुनसकदैन यसो हुदा बुद्धि ,तर्क ,बहस र जनबादको कुनै अस्तित्व हुदैन ।

मोर्चा र गुटको अपबित्र गठबन्धन मात्र हुनेछ । यसो गरिरहदा एकछ्न न्यानो त होला तर नतीजा कसैको हातमा रहने छैन । बिधी र प्रकृयाको कुरा सोजो मनले ऊठएपनि परिणाम जुन ताकत र शक्तिले कम्युनिस्ट पार्टी बिघटन गराऊन ,फुटाऊन र सरकार ढालने बिभाजन कोरन ब्यक्ति फेर्ने षड्यन्त्र गर्दै छ । कतै तेही शक्तिको अभीष्ट पुरा गर्न हामि ऊद्दत त छैन? नेतृत्वले यतिकुरा न बुंझेको होला भन्न सकदिन । बुझेको भए किन यतिसारो बैठक बाहिर गुटबन्दि र मोर्चा बन्दी गरिन्छ । पार्टी नेतृत्व किन सबै बुद्दी बिबेकलाई दाऊमा राखि ओली बिरुद्ध ऊनलांई असफल देखाऊन बाह्य शक्तिको एजेण्डा लाई सहयोग पुग्ने गरि बैठकमा प्रबेश नगर्दै अतिरन्जित ढंगले प्रचार गरिन्छ । त्यसैमा केन्द्रित भएर छलफल चलाईन्छ । प्रतिकृयाबादी लाई खुशिपारिन्छ ।

कसलाई थाहा छैन भारतिय शासक गुट ओलीलाई पार्टी र सरकार दुबैबाट हटाऊन चहान्छ । ऊसका दुत बिभिन्न आबरणमा नेपालमा सकृय छन । हो आज भारत कम्युनिस्ट पार्टीलाई कमजोर बनाऊन रओली हटाऊँ आन्दोलनमा नेपालको हरेक ठाँऊमा छ क्रियाशिल छ । भारत ओली बिरुद्ध लाग्नु आधारभुत र तत्कालीन दुबै कारण मजभुत छन । यसबारेमा नेपाल राजनीतिमा सामान्य चासो राख्ने सबैले बुझेको कुरा हो ।यो बिषय घाम जस्तै हुँदाहुदै किन हाम्रो नेतृत्व अहिले बसिरहेको स्थाई कमिटीको बैठकबाट सरकारको असफलता देखाऊने सके दुबै पदबाट हटाऊन नसके एकपदबाट हाटाउन् कसम खादै बैठकमा छलंफल गरिदैछ । यसो गर्नमा बाह्य शङकित् र पार्टी भित्रका गुट र उपगुट एकै चोटी परिचालित भएको अनुभूत हुनु दुखद संयोग हो ।

आसा छ आसन्न बैठकले सबै शंका आशंकालाई खारेज गर्दै पार्टी एकताको बाँकि काम समयमा नै सम्पन्न गरि पार्टीको सबै अङगंलाई चलायमान बनाऊने अठोट गर्नेछ । सरकारका राम्रा कामको रक्षा गर्दै पार्टी र सरकारकौ बिच सुमधुर सम्बन्ध कायम भई आउदा दिनमा आऊन सकने सबैखाले चुनौती सामना गर्न पार्टी र सरकार सफल हुनेछ । सुद्दृड पार्टी , सुद्धृढ सरकार, समाबेशी सामाजिक न्याय सहित समाजवादी समाज निर्माण गर्न यो बैठक सफल होस । नेपालकम्युनिष्ट पार्टी बिग्रह हुन्छ नेताहरु बिभाजित गर्न गोटी चाल्नेहरु पराजित गराउन यो बैठक कोशे ढुङगां साबित होस पार्टी कार्यकर्ता र नेपाली जनताको चाहान पुरा होस। सारा प्रतिकृयाबादीलाई सधैको लागी पराजित गर्न सकोस ।

Shares

Be the first to comment on "चिन र उत्तर कोरिया पछि नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय छ"

Leave a comment

Your email address will not be published.


*