चिनियाँहरुले बनाए क्वान्टम कम्प्युटर, सुपर कम्प्युटरभन्दा १०० अर्ब गुणा बढी तीब्र

एजेन्सी – चिनियाँ वैज्ञानिकहरूले क्वान्टम कम्प्युटर बनाएको दाबी गरेका छन् । जापानको फुगाकु सुपरकम्प्युटर अहिलेसम्मको सबभन्दा फास्ट कम्प्युटर हो तर चिनियाँ कम्प्युटर त्यसभन्दा १०० अर्ब गुणा तीव्र छ ।  परम्परागत कम्प्युटरहरूले अर्बौं वर्षमा बल्ल निकाल्न सक्ने हिसाब यसले एकैछिनमा निकाल्न सक्छ ।  यस कम्प्युटरबाट चीनले क्वान्टम जगतमा सर्वोच्चता हासुकल गरेको स्पष्ट हुन्छ । चीन र अमेरिकाबीच क्वान्टम कम्प्युटिङका विषयमा प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा चीन अघि बढेको हो ।  पोहोर साल गूगलले परम्परागत मशिनहरूभन्दा आफू सर्वोच्च रहेको देखाएको सन्दर्भमा चीनको दाबी आएको हो । क्वान्टम फिजिक्सको उपयोग गरेर सूचना प्रशोधनलाई तीव्र बनाउनका लागि क्वान्टम कम्प्युटिङ उपयोगी हुन्छ ।  सामान्य कम्प्युटरहरूमा शून्य वा एक बिटमा डेटा भण्डारण हुन्छ भने क्वान्टम बिट (क्युबिट्स) हरूमा दुवै एकैपटक उपयोग हुन्छ । यसले क्युबिट्सलाई कम ऊर्जा प्रयोग गर्दै थप डेटा भण्डारण गर्न सहज बनाउँछ ।

Shares

Be the first to comment on "चिनियाँहरुले बनाए क्वान्टम कम्प्युटर, सुपर कम्प्युटरभन्दा १०० अर्ब गुणा बढी तीब्र"

Leave a comment

Your email address will not be published.


*