चित्रकला र निबन्ध लेखनमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण

पुरस्कृत विद्यार्थीहरु

दीक्षण समाचार
चरिकोट, मंसिर २०
चरिकोटमा चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई महिला स्वास्थ्य स्वंयसेविका दिवसमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ । मंसिर ७ गते भीमेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न नगरव्यापी आधारभूत विद्यालय (कक्षा१–५), स्तरीय चित्रकला प्रतियोगिता र आधारभूत विद्यालय (कक्षा ६–८), स्तरीय निबन्ध लेखन प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई आइतबार पुरस्कार वितरण गरिएको हो । उहाँहरुलाई नगर प्रमुख भरत केसी र उपप्रमुख कमला बस्नेतले नगद सहित सम्मान–पत्रले सम्मान गर्नुभयो । चित्रकला प्रतियोगितामा कुटीडाँडा मावि मकैबारीका सञ्जीव भुजेल प्रथम, देवी मावि बोचका संयोग भण्डारी द्धितीय, सुन्द्रवाती आवि सुस्पाका क्रिस्वी थामी तृतीय र पशुपति कन्या मन्दिर मावि चरिकोटका पेमा शेर्मा सान्त्वना हुनुभएको थियो । त्यसैगरी निबन्ध लेखन प्रतियोगितामा कुटीडाँडा मावि मकैबारीका मनिसा केसी प्रथम, राजकुलेश्वर आविका सजना सुवेदी द्धितीय, अल्पाइन पब्लिक स्कुल चरिकोटका अधिश्री थापा तृतीय र पशुपति कन्या मन्दिर माविका गंगा गौतम सान्त्वना हुनुभएको थियो ।

Shares

Be the first to comment on "चित्रकला र निबन्ध लेखनमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण"

Leave a comment

Your email address will not be published.


*