चार सय पहिरो पीडित परिवारलाई खाद्यन्न बितरण

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का करिव ४ सय पहिरो पीडित परिवारलाई राहात स्वरुप खाद्यन्न बितरण गरिएको छ । लगातारको वर्षासँगै गैरहेको पहिरोबाट पीडित घरपरिवारलाई राहात स्वरुप १० लाख रुपैयाँ बरावरको खाद्यन्न सामाग्री बितरण गरिएको हो ।पहिरोबाट पीडित प्रत्येक परिवारलाई १ बोरा चामल, दुई केजी दाल र एक लिटरका दरले तेल बितरण गरिएको लापिलाङ सामाजिक सेवा समितिका अध्यक्ष विवेक कुमार खड्काले जानकारी दिए । समितिका अध्यक्ष खड्कासहित सामाजिक अभियान्ताहरु विक्रम खड्का, सुशिल खड्का, वडा अध्यक्ष सुवास थामी लगायतले मंगलवार खाद्यन्न सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरे । राहात पाउनेमा पहिरोबाट घर क्षतिग्रस्त भएका, उच्च जोखिममा परी विस्थापित भएका, खेतीयोग्य जमिन क्षति पुगेका पीडितहरु रहेका छन् ।उक्त राहात सामाग्री लापिलाङ सामाजिक सेवा समितिको अगुवाईमा काठमाण्डौंमा बिभिन्न दाताहरुबाट जुटाईएको हो । चाडपर्व नजिकिँदै गर्दा पहिरो पीडितहरुलाई राहात उपलव्ध गराईएको हो ।अभियान्ता सुशिल खड्काका अनुसार उक्त राहात सामाग्री सहयोगी दाताहरु देश कुमार श्रेष्ठ, कृष्ण अधिकारी, बसन्त लामा, विक्रम खड्का, कुमार कार्की, सन्तोष ओझा, सूर्य न्यौपाने, अमर बहादुर बानिया, दिपक रेग्मी, उमेश गिरी, कृष्ण अधिकारी, रामेश्वर भट्टराई, राजन ओली, गणेश कुमार अग्रवाल, मुरारी तिम्सिना लगायतबाट सहयोग जुटाईएको हो । जिल्लाबासी समेत बसन्त लामा काठमाण्डौं स्थित वर्गर हाउसका संचालक हुन् भने काठमाण्डौंमा व्यवसाय गर्दै आएका विक्रम खड्का लापिलाङका स्थानीयबासी हुन् ।
यसैबीच नाम्सालिङ सामुदायिक विकास संस्थाले पनि पहिरो पीडितहरुका लागि ६५ बोरा चामल उपलव्ध गराएको छ । रानीवन भन्ने स्थानबाट सुरु भएको पहिरोले घट्टेखोला आसपास क्षेत्रको घरजग्गामा ठुलो क्षति पुर्याएको छ । तर सरकारले हालसम्म पहिरोबाट विस्थापित परिवारहरुको दिर्घकालिन पुर्नस्थापनाबारे ठोस निर्णय गरेको छैन ।

Shares

Be the first to comment on "चार सय पहिरो पीडित परिवारलाई खाद्यन्न बितरण"

Leave a comment

Your email address will not be published.


*