चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान

चरिकोट –प्रेम पूर्ण प्रताप फाउण्डेशनले गित सङ्गीत तथा कला क्षेत्रमा सक्रिय चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान गरेको छ । फाउण्डेशनको प्रथम बार्षिक साधारणसभाको अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लोक गायक कुमार बस्नेत, हरिबहादुर राउत र नाट्य कलाकार पुष्कर गुरुङलाई सम्मान गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रदेश तीनका सांसद विशाल खड्का र विशेष अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरेका छन ।फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद विशाल खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष कुमार लगुन, नेपाली कांग्रेस दोलखाका नेता इश्वर मानन्धर, भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, जिल्ला अध्यक्ष जीवन लामा, फाउण्डेशनका उपाध्यक्ष शान्ति श्रेष्ठ, सचिव लक्ष्मण थामी, कोषाध्यक्ष देवी गुरुङ, दोलखा म्यासमुचा खलकका उपाध्यक्ष रिना श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।फाउण्डेशनलाई दोलखा स्थाई घर भै अमेरीकामा बस्दै आउनु भएकी फाउण्डेशनको संरक्षक पद्मा प्रधानले आर्थिक सहयोग गरेकी थिइन । फाउण्डेशनको तर्फबाट संरक्षक पद्मा प्रधानले नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणको लागि १० हजार नगद सहयोग गरेकी छिन । शिक्षा क्षेत्रमा सहयोग गर्न पाँच लाखको अक्षयकोष स्थापनाको घोषणा समेत उनले गरेको छिन ।कार्यक्रममा जिल्ला उत्कृष्ठ विद्यालय तथा विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

Shares

Be the first to comment on "चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*