चाडपर्वमा सुरक्षाका लागि दोलखा प्रहरी सक्रिय

र्ईस्वर विक
चरिकोट–हिन्दुहरुको महान चाड दशँैतिहार जस्ता चाडपर्वलाई लक्षित गरि दोलखा प्रहरी शान्ति सुरक्षाका लागि अन्य समयको भन्दा बढी सक्रिय भएको जनाएको छ । चाडबाडको समयमा चोरी, डकैती, लुटपाट लगायत अपराधिक घटना हुन नदिन दोलखाका विभिन्न स्थानमा पोशाकमा सादा पोशाकमा प्रहरी खटाइको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बैँक तथा वित्तिय संस्था, मेला लाग्ने स्थान तथा मठमन्दिर, भीडभाड हुने ठाउँ, विभिन्न सहर र नाकाहरुमा गस्तीलाई केहि दिनमा नै सक्रिय बनाइने छ । दोलखामा अपराधिक गतिविधी हुन नदिन २ सय भन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए । कुनै स्थानमा अपराधिक घटना भईहालेमा १० मिनेटमै प्रहरी पुग्ने गरि सुरक्षा योजनासाथ प्रहरी परिचालित भएको बोहोराले बताए । सीमा नाकाहरु विषेश गरि किर्नेटार र खरिढुङ्गामा २४ सै घण्टा चेकजाँचको व्यवस्था गरिने निरीक्षक बोहोराले बताए । यात्रुको सहजताको लागि यात्रु सहयाता कक्ष सञ्चालन गरिने, प्रहरीले सवारीसाधन तथा विभिन्न स्थानमा छड्के चेक गर्ने योजना सहित दोलखा प्रहरीले सक्रियताका साथ प्रतिबद्ध भएर शान्ति सुरक्षामा खटिएको निरीक्षक बोहोराले बताए । जुवा, तास तथा मदिरा नियन्त्रणका लागि ठाउँठाउँमा सादा पोशाकमा प्रहरी खटाइएको पनि उनले बताए । पसलहरुमा पटका लगायत आकाशबाजीका सामग्री बिक्रि वितरण भएका खण्डमा कारबाही गरिने उनले बताए । दशैँमा सर्वसाधारणले आफ्नो सुरक्षा सर्वप्रथम आफैले विषेश ढङगले गर्नुपर्ने उनले बताए । उनले घर छाडेर टाढा जानु छ ,भने नजिकको प्रहरी कार्यालयमा जानकारी दिन, मँहगा गरगहना नलगाउन, सामाजिक सञ्जालमा जथाभावी पोस्ट नगर्न सबैलाई आग्रह गरे ।चाडपर्वमा रमाइलोका लागि जुवातास, लङ्गुरबुर्जा, मदिरा सेवन प्रयोग नगर्न, कुनै घटना घटिहालेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन नागरिकहरुलाई उनले अनुरोध गरेका छन् ।

Shares

Be the first to comment on "चाडपर्वमा सुरक्षाका लागि दोलखा प्रहरी सक्रिय"

Leave a comment

Your email address will not be published.


*