चर्नावती धाममा महायज्ञ आयोजना गरिने

चर्नावती धाममा
महायज्ञ आयोजना गरिने
चरिकोट(दीस) ः शैलुङ गाउँपालिका वडानम्बर ६ मा रहेको चर्नावती त्रीवेणी धाममा महायज्ञ लगाइने भएको छ । जेठ ७ गते देखि धामका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ लागाइने भएको हो ।
चर्नावती क्षेत्रको विकासकालागि लगाइन लागेको चर्नावती त्रिवेणी विकास तथा प्रवर्दन संघले जानकारी दिएको छ । देवी भागवत महायज्ञ संचालन मार्फत अक्षयकोष स्थापनाका लागि ७० लाख संकलन गर्ने उद्देश्यरहेको मूल आयोजना समितिका सचिव भरतप्रसाद दुलालले जानकारी दिनु भयो ।
चर्नावती सामुदायिक वनमा खाली ४० रोपनी जग्गामा बृद्धाश्रम भवन निर्माण कार्य सम्पन्न गरिएको चर्नावती त्रिवेणी विकास तथा प्रवर्दन संघका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताउनु भयो । आगामी दिनमा बृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिकहरुलाई खानपानको साथै स्वास्थ्य उपचारको लागि अक्षयकोषको ब्याजबाट व्यवस्था गरिने भएकाले स्रोत संकलनका लागि महायज्ञ गर्नुपर्ने वाध्यता रहेको आयोजकले जानकारी दिएको छ  ।

Shares

Be the first to comment on "चर्नावती धाममा महायज्ञ आयोजना गरिने"

Leave a comment

Your email address will not be published.


*