चरीकोट गुठीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

बाबुराम शर्मा
चरिकोट, साउन १५
ज्येष्ठजनका लागि आरोग्य भवन निर्माण गर्नेलगायतका थुप्रै निर्णय गर्दै भीमेश्वर नगरपालिका–३ स्थितको चरीकोट गुठीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भर्एको छ ।
स्वर्गीय गुठी सदस्यलाई राहत नगद दिने, ज्येष्ठजनका लागि आरोग्य भवन निर्माण गर्ने, गुठीलाई आर्थिक रुपमा समेत दरो बनाउनलगायतका थुप्रै निर्णय गरेको सो सभाको सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायाण मानन्धरले गुठीका तत्काल र दीर्घकालीन रुपमा गरिने राम्रा कामलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सबैलाई एक सूत्रमा बाँध्ने संस्कार, संस्कृतिसमेत बोकेर धरोहरका रुपमा रहेको गुठीलाई सबै मिलेर विकास तथा बृहत्तर बनाएर अघि बढ्न उहाँले आग्रह गर्नु भयो ।


गुठीका सचिब मनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन र गोपाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सोही अवसरमा गुठीका ८० वर्षीय ज्येष्ठजन बाबुराम श्रेष्ठलाई नगद ५०५ र कदरपत्र सहित सम्मान गरिएको थियो भने पूर्वाध्यक्ष स्व. धनबहादुर श्रेष्ठ र स्व. हर्कबहादुर श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।
गुठीका अध्यक्ष रामदास श्रेष्ठको सभापतित्वमा भएको सो सभामा वडा नम्बर ३ का वडाध्यक्ष हरिशरण शिवोकोटी, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य रामेश्वर मानन्धर, पशुपति कन्या मन्दिर माविका प्रधानाध्यापक गोविन्दनारायण मानन्धर, नागेश्वरी मृत राहत कोष वडा नम्बर ४ का सदस्य कवीन्द्र श्रेष्ठलगायतले गुठी समाजका लागि आवश्यक रहेकाले यसको विकास विस्तार हुनुपर्नेमा धारणा राख्नु भएको थियो ।

Shares

Be the first to comment on "चरीकोट गुठीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*