चरीकोटमा ब्याटमिन्टन प्रतियोगिता सुरु

SAMSUNG CSC

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २३
दोलखाको सदरमुकाम चरीकोटमा प्रथम भीमेश्वर कप, खुल्ला मेन्स डबल तथा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । भीमेश्वर नगरपालिकाको प्रायोजन, वडा नं. ३ को मुख्य प्रायोजन तथा दोलखा ब्याडमिन्टन संघको सहआयोजना र लालीगुराँस युवा क्लब चरीकोटको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले पानसमा बत्ति बाली उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्नुहुँदै खेल क्षेत्रको प्रगति र जिल्लामा पर्यटकीय गतिविधि बढाउन खेल प्रतियोगिता निरन्तर आयोजना हुन आवश्यक रहेको बताउनुभयो । उहाँले ब्याटमिन्टन हल निर्माण हुनुले मात्र कुनै अर्थ नदिने तर यसको उपयोगमा निरन्तर अभ्यास गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुनु हल निर्माणकाे उपलब्धि ठूलाे हुने बताउनुभयाे । २०७४ अघि भीमेश्वर नगरपालिकामा खेल क्षेत्रले प्राथमिकता नपाउँदा खेल संरचना निर्माण हुन सकेको थिएन । तर अहिले आफूहरु निर्वाचित भएर आएपछि खेल क्षेत्रलाई जोड दिएर भीमेश्वर रंगशाला, कर्वड हल, ब्याडमिन्टन हल र वडामा खेली मैत्री खेल मैदान निर्माण गरिएको उहाँले बताउनुभयो । खेल क्षेत्रमा लगानी गर्ने भीमेश्वर नगरपालिका अग्रस्थानमा रहेको सुनाउँदै उहाँले उत्कृष्ट खेलाडी उत्पादन गर्ने नगरको उद्धेश्य प्राप्तीका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र दोलखा जिल्ला ब्याडमिन्टन संघको सक्रियतामा निर्मित अहिले खेल भईरहेको ब्ब्याटमिन्टन हलको आजै नगर प्रमुख केसीद्धारा उद्घाटन भएको छ । ब्याटमिन्टन प्रतियोगितामा जिल्लास्तरीय तर्फ २६ जना र खुल्ला मेन्स डबल तर्फ १५ जना खेलाडीबीच स्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको रेफ्रिको रुपमा सुदिप योञ्जन र उदय अर्याजले भूमिका निर्वाह गरिरहनुभएको छ । खेल अहिले जारी रहेको छ । प्रतियोगितामा खुल्ला तर्फका विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था रहेको छ । त्यसैगरी जिल्ला स्तरीय तर्फ विजेताले १५ हजार, उपविजेताले ८ हजार र तृतिय हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रदेश स्तरीय प्रतियोगिताको छनौट समेत यसै जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट गरिने आयोजकले जनाएको छ ।
प्रशासकीय अधिकृत खड्का सम्मानित
भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सम्मानित हुनुभएको छ । ब्ब्याटमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्कालाई नगर प्रमुख भरत केसी र क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले दाेसल्ला तथा माला लगाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

भीमेश्वर नगरपालिकामा २०७५ चैत्र २२ देखि प्रमुख प्रशासकीय अधिकृतको पदमा रही कार्यरत रहँदा पेशागत मर्यादा, पदीय अनुशासन, व्यवासयिक निष्ठा र उच्च मनोबलका साथ आफ्नो निर्धारित जिम्मेवारी र भूमिका कुशलतापूर्वक निर्वाह गरी नगरको विकासको साथसाथै लालीगुराँस क्लबले अयोजना गर्ने हरेक सामाजिक, सांस्कृति र खेलकुद गतिविधिमा बौद्धिकता पूर्वक सल्लाह, सुझाव तथा सकारात्मक सहयोगको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको क्बलले जनाएको छ । सो अवसरमा उहाँले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै समाजप्रतिको दायित्वबोध भएको लालीगुराँस युवा क्बलले सामाजिक, सांस्कृतिक र खेलकुदका गतिविधिमा उल्लेखनीय योगदान दिएको भन्दै प्रसंसा गर्नुभयो । उहाँले नगरले खेल क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको र ती कामहरुबाट अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने सुनाउनुभयो । लालीगुराँस युवा क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले खेल क्षेत्रमा युवा आकर्षण बढाउन र ब्ब्याटमिन्टन खेलको विस्तार र विकासका लागि प्रतियोगिता आयोजना गरिएको सुनाउनुभयो ।

ब्याडमिन्टन हल

Shares

Be the first to comment on "चरीकोटमा ब्याटमिन्टन प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*