चरिकोट र विगु अस्पताल खोप दिइने

दीक्षण समाचार चरिकोट, –यस अघिका अभियानहरुमा छुटेका १८ वर्ष माथीका नागरिकलाई दोलखाका दुई अस्पतालबाट कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । चरिकोट अस्पतालमा प्रत्येक साताको शुक्रबार र विगु अस्पतालमा बुधबार खोप लगाउने व्यवस्था गरिएको हो । चरिकोट अस्पतालमा यसअघि नै यो व्यवस्था गरिएको थियो । विगु अस्पतालमा भने खोप लगाउने भनि ११ गते निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड विरूद्व खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउन विविध कारणले वञ्चित भएका लक्षित समुहलाई अस्पतालबाट खोप दिने निर्णय गरिएको हो । भेरोशिलको पहिलो मात्रा लगाई २८ दिन पुगेका र कोभिशिल्डको पहिलो मात्रा लगाई ५६ दिन पुगेकाहरूलाई अस्पतालमा दोस्रो मात्र खोप दिइने छ । अझै पनि पहिलो र दोस्रो मात्रा खोप लगाउन छुटेकाहरु रहेका छन् । त्यसैले कोही नछुटुन् भन्ने अभिप्रायले अस्पतालमा व्यवस्था गरिएको स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो । उहाँले आवश्यकता अनुसार ती अस्पतालमा खोप जारी रहने सुनाउनुभयो । यसैबीच ११ गतेको जिल्ला खोप समन्वय एवम अनुगमन समितिको निर्णयानुसार जिल्लाको पाँच पालिकामा खोप कार्यक्रम सञ्चालन हुने भएको छ । भिमेश्वर नगरपालिका, शैलुङ, तामाकोसी, बैतेश्वर र कालिन्चोक गाउँपालिकामा पुस २६, २७ र २८ गते तीन दिन खोप कोभिड १९ विरूद्वको खोप एष्ट्राजेनिका तथा भेरोशिलको दोस्रो मात्रा तथा १८ वर्ष माथीका खोप लगाउन छुटेका नागरिकलाई पहिलो मात्रा खोप लगाइने छ ।
आठ हजार २९८ जनाले लगाए मोडर्ना खोप
जिल्लामा पुस ७ गतेदेखि सञ्चालन भएको खोप कार्यक्रममा आठ हजार २ सय ९८ जना बालबालिकाले मोडर्ना खोप लगाएका छन् । तोकिएको विद्यालय तथा स्वास्थ्यसंस्थाबाट १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाले खोप लगाएका हुन् । आइतबारसम्मको विवरण अनुसार मेलुङ गाउँपालिकामा एक हजार ५ सय २६, कालिन्चोक गाउँपाकिालमा दुई हजार २ सय १५, विगु गाउँपालिकामा एक हजार ७ सय ७०, गौरिशंकर गाउँपालिकामा एक हजार २ सय ५७ र तामाकोसी गाउँपालिकामा एक हजार ५ सय ३० जनाले खोप लगाएका छन्, भने अन्य पालिकामा खोप कार्यक्रम सन्चालन भईरहेको छ । लामो समयको प्रतिक्षा पछि खोप लगाउन पाउँदा बालबालिका उत्साहित भएका छन् ।

Shares

Be the first to comment on "चरिकोट र विगु अस्पताल खोप दिइने"

Leave a comment

Your email address will not be published.


*