चरिकोट प्रस्ताबित अस्पतालको सबै सेवा आजबाट सुचारु

चरिकोट (दीस ) – चरिकोट प्रस्ताबित अस्पतालको सबै सेवा आजबाट सुचारु भएको छ । दोलखामा पहिलोपटक कोरोना भाइरस संक्रमणको आरडीटी परीक्षणमा २ जना स्वास्थ्यकर्मीको रिपोर्ट ‘पोजेटिभ’ देखिए पछि बिरामीको चाप हुने अस्पतालको सेवा केही दिन बन्द भएका थियो। ११ जना स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालको सबै सेवा आजबाट सुचारु भएको अस्पतालले जनाएको छ । धुलिखेलमा गरिएको पिसिआर परिक्षणमा २ जना स्वास्थ्यकर्मीको सहित सबै ११ जनाको रिपोर्ट नेगेटिभ आएसँगै सेवा सुचारु भएको हो । पहिलो चरणमा सात जनाको तथा दोस्रो चरणमा ४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । यस अस्पतालमा दोलखामा बिरामीको चाप हुने गरेको छ ।

Shares

Be the first to comment on "चरिकोट प्रस्ताबित अस्पतालको सबै सेवा आजबाट सुचारु"

Leave a comment

Your email address will not be published.


*