चरिकोट खानेपानीको आपूर्ति आजबाट नियमित हुने

चरिकोट(दीस)ः केही दिनबाट बन्द गरिएको चरिकोट खानेपानी उपभोक्ता समूह(पुरानो खानेपानी) ले आजबाट पुनः खानेपानी आपूर्ति सुचारु गर्ने भएको छ । भीमेश्वर नगरपालिकाले चरिकोट खानेपानी संस्था (स्मल टाउन)का संरचना परीक्षण गर्ने भन्दै रोकिएको खानेपानी आपूर्ति पुनः सुचारु गरिने भएको हो ।
स्मल टाउनको खानेपानी संरचना परीक्षण गर्न पुरानो लाइनबाट दिइने खानेपानी आपूर्ति केही दिन देखि रोकिएकोमा स्मलटाउनको खानेपानी सबै घरमा नपुगेको देखिए पछि पुनः खानेपानी सुचारु गर्न चरिकोट खानेपानी उपभोक्ता समितिलाई भनिएको भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईंले जानकारी दिनुभयो । अब आगामी दिनमा एकै पटक स्मल टाउनको पानी वितरण संरचनाको परीक्षण नगरी खण्ड–खण्डमा परीक्षण गर्न भनिएका उहाँको भनाई रहेको छ । नगरपालिकाले परीक्षण गर्न भनी पुरानो खानेपानी बन्द गर्दा केही दिनदेखि चरिकोटमा पानीको हाहाकार भएको स्थानीय उपभोक्ताहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "चरिकोट खानेपानीको आपूर्ति आजबाट नियमित हुने"

Leave a comment

Your email address will not be published.


*