चरिकोट अस्पताललाई कोरोना टेस्ट बुथ हस्तान्तरण

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १७
प्रस्तावित चरिकोट अस्पताललाई स्वाब संकलन बुथ हस्तान्तरण गरिएको छ ।
मँगलबार सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पताललाई नेपाल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेशद्वारा निर्माण गरिएको स्वाब संकलन बुथ हस्तान्तरण गरिएको हो ।
rकोरोना भाइरस (कोभिड १९) का आशंका गरिएका बिरामीहरुको स्वाब सङ्कलन गर्न यस बुथले ठुलो सहयोग गर्ने अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेले बताए । बुथले स्वाब सङ्कलनको क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुन सक्ने जोखिमलाई समेत न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागी भन्दै कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन इन्जिनियरहरूले ‘टेस्ट बुथ’ निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ । स्वाब संकलन गर्दा चिकित्सक बुथभित्र र बिरामी बाहिर रहनेछन् भने यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम हुदैन।
बुथमा कोरोना भाइरसका शंकास्पद व्यक्तिको स्वाब संकलन गरिने छ । प्रस्तावित चरिकोट अस्पतालले बुथसहयोग गरेकोमा खुसी व्यक्त गर्दै टेस्ट बुथले कोरोना संक्रमणको शंका लागेकाहरूको स्वाब संकलन र परीक्षणमा सहयोग पुग्ने बताए ।
यससँगै अस्पतालमा २ वटा स्बाब संकलन बुथ उपलब्ध भएको छ ।

 

Shares

Be the first to comment on "चरिकोट अस्पताललाई कोरोना टेस्ट बुथ हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*