चरिकोट अस्पतालका प्रमुख डा .बिनोद दङ्गाल एसियाका “उत्कृष्ट डाक्टर”

चरिकोट – दोलखाको सदरमुकाममा रहेको चरिकोट अस्पतालका प्रमुख डा .बिनोद दङ्गाल एसियाका “उत्कृष्ट डाक्टर” छनोट हुनु भएको छ । अवार्डनेश संस्थाले सामाजिक सेवा र स्वास्थ्य सेवा तर्फ गुणस्तरीय सेवा दिए बापत दङ्गाललाई नेपालबाट उत्कृष्ट रहेकाले अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ । २० भन्दा बढी देशहरु सहभागी प्रतिस्पर्धामा संस्थाले उहाँलाई नेपालबाट  “उत्कृष्ट डाक्टर” घोषणा गर्दैै गरेको हो । उहाँलाई छनोटको आधार १० वर्ष भन्दा बढि एकै स्थानमा गुणस्तरीय सेवा दिएको, निशुल्क स्वास्थ्य सेवा प्रणालीमा काम गरेको र विद्युतीय प्रणालीको प्रयोग गरी कोभिड १९ को उपचारमा विशेष योगदान गरेको भन्दै डा. विनोद दंगाललाई अन्तर्राष्ट्रिय अवार्ड दिइएको जनाइएको छ । अवार्ड भारतको तमिलनाइडुमा अगामि अक्टोबर १४ मा एक समारोहका बीच प्रदान गरिने छ । दङ्गाल दोलखामा चर्चित डाक्टरको रुपमा चिनिनु भएको छ ।
चरिकोट अस्पतालमा उहाँको नेतृत्वमा  उपचार हुदै आएको छ । कोभिडको बेलामा सिकिस्त रहेका विरामीलाई उपचार प्रदान गर्दै आउनुभएको छ । नीजि अस्पतालले कोभिडको बिभिन्न बाहाना बनाउदै शल्यक्रिया गर्न नमानेको बेला डा. दङ्गालले चरिकोट अस्पतालमा शल्यक्रिया गर्दै आउनु भएको छ ।चरिकोट रहेको प्राथमिक स्वास्थ्य केन्द्र रहेका अस्पताल रुपमा परिणत डा. दङ्गालले नेतृत्व प्रदान गर्दै आउनु भएको छ । दोलखामा विगतमा बिभिन्न रोगका विरामीहरुले साना तथा ठुला अपरेशन गर्न राजधानीमा जानु पर्ने अबस्था रहेकोमा अस्पतालमा डा .बिनोद दङ्गालले नेतृत्व प्रदान गरेसँगै धेरै विरामीले सेवा पाउँदै आएका छन् । उहाँ कै नेतृत्वमा चरिकोट अस्पालमा केही समय पछि ६ वटा भेन्टीलेटर तथा आइसियु सेवा सुचारु हुँदै छ ।

Shares

Be the first to comment on "चरिकोट अस्पतालका प्रमुख डा .बिनोद दङ्गाल एसियाका “उत्कृष्ट डाक्टर”"

Leave a comment

Your email address will not be published.


*