चरिकोटमा कोरोना आइसोलेसन कक्ष निर्माण गरिने

चरिकोट (दीस) – विस्वमा त्रास फैलाएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारको लागि सदरमुकाम चरिकोटमा १० बेड क्षमताको कोरोना आइसोलेसन कक्ष निर्माण गरिने भएको हो ।

आज जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्यकर्मी, भीमेश्वर नगरपालिका सम्मिलित जिल्ला सुरक्षा समितिको बैठकले निर्णय सो निर्णय गरेको हो । हाल खाली रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालय रहेको भवनमा १० बेड क्षमताको कोरोना अलग्गै उपचार कक्ष निर्माण गरिने भएको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरस संक्रमणको उच्च जोखिममा राखेसँगै चीनसँग सिमा जोडिएको दोलखा जिल्लाले पनि अलग्गै उपचारका लागि आइसोलेसन कक्षको व्यवस्था मिलाएको हो ।

चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र नजिकै प्रयोगविहीन अवस्थामा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयमा शनिबारसम्ममा सो कक्ष निर्माण गरिने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले वर्तमान परिस्थितिलाई मध्यनजर गरेर प्रयोगविहीन अवस्थाको सो भवनलाई अलग्गै उपचारको व्यवस्थाको लागि प्रयोग गर्न सहमति दिईएको बताए ।

Shares

Be the first to comment on "चरिकोटमा कोरोना आइसोलेसन कक्ष निर्माण गरिने"

Leave a comment

Your email address will not be published.


*