चरिकोटमा ३० किलो अयोग्य मासु बरामद गरी नष्ट गरियो

चरिकोट (दीस) – दोलखाको सदरमुकाम चरिकोटमा ३० कि.लो. अयोग्य मासु बरामद गरी नष्ट गरिएको छ । दशै लक्षित चरिकोट बजारका २८ वटा विभिन्न मासु पसलको संयुक्त अनुगमन गर्ने क्रममा भेटिएको अयोग्य मासु नष्ट गरिएको हो । भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतको संयोजकत्वमा बिहान ७ बजे देखी बजे देखि बेलुका ६;०० बजेसम्म भएको अनुगमन गरिएको थियो । अनुगम क्रममा विभिन्न ३ वटा पसलमा गरि करिब ३० किलो खान अयोग्य मासु जफत गरि नष्ट गरिएको भीमेश्वर नगरपालिकाका निरिक्षण अधिकृत माधब सुवेदीले जानकारी दिनु भयो । उक्त ३ वटा पसललाई जनही एक हजार दरले जरिवाना गरिएको उहाँलेबताउनु भयो । संयुक्त अनुगमनमा उपप्रमुख कमला बस्नेत , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिन बहादुर लामा,जिल्ला प्रशासनका प्रतिनिधि कुमार श्रेष्ठ, पशु ज्ञान केन्द्र केन्द्रका डाक्टर पलट चौधरी , जिल्ला प्रहरी कार्यालयका सई पुर्ण बहादुर प्रधान,दोलखा उद्योग बाणिज्य संघ दोलखाका सचिब बिमल श्रेष्ठ ,पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे,उपभोक्ता हित संरक्षण दोलखाका संयोजक कुमार लगुन,भीमेश्वरका कार्यपालिका सदस्य तेज खाती तथा निरीक्षण अधिकृत माधव प्रसाद सुवेदी लगायतका कर्मचारी रहनु भएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा ३० किलो अयोग्य मासु बरामद गरी नष्ट गरियो"

Leave a comment

Your email address will not be published.


*