चरिकोटमा १५ शैयाको अस्पतालको शिलान्यास

 

चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोट स्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पतालको आज शिलान्यास गरिएकाेछ । बागमति प्रदेशका संसाद पशुपति चौलागाईले एक समारोह बिच अस्पतालको शिलान्यास गर्नु भएको छ । भीमेश्वर नगरपालिकाको स्वामित्वमा करिब १०० बेडको चरिकोट अस्पताल निर्माण हुने नगर प्रमुख भरत के.सीले जानकारी दिनु भयो । नगरपालिकाको सहयोगमा चरिकोट अस्पतालले जनतालाई निःशुल्क सेवा दिइरहेको उहाँले  बताउनु भयो । महामारीमा गै¥हसरकारी संस्थाले प्रस्ताबित चरिकोट अस्पतालको नगर पालिकालाई हस्तान्तरण गरेको जनतालाई सुलभ सेवा दिन नगरपालिकाले बिशेष योजना बनाउने उहाँले बताउनु भयो ।

आज पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गरिएको हो । प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिएको हो । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ सैयाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाउको छ । पाँच शैयाको अस्पतालका लागि रु ७० लाख, १० शैयाका लागि रु ८५ लाख र १५ सैयाका लागि रु एक करोड पठाएको बताएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा १५ शैयाको अस्पतालको शिलान्यास"

Leave a comment

Your email address will not be published.


*