चरिकोटमा स्मार्ट सडक बत्ती जोडिने

दीक्षण समाचार /चरिकोट, – दोलखाको सदरमुकाम चरिकोट बजार रातको समयमा उज्यालो हुने भएको छ । भीमेश्वर नगरपालिकाले स्मार्ट “सिटी अभियान ”अन्तर्गत चरिकोट बजारमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । चरिकोट, सातदोबाटो, बीच बजार, नयाँ बसपार्क, पुरानो बजार, टुँडिखेल, चरिघ्याङ, घ्यावापानी, सिमपानी क्षेत्रका सडकमा नगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत गरी कुल १ करोडको लागतमा स्मार्ट बत्ती जडानको काम चलिरहेको भीमेश्वर नगरपालिकाका ईन्जिनियर सुरेश राउतले बताउनुभयो । रातको समयमा अपराधिक घटना र सवारी साधन दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै चरिकोट बजारको सुरक्षाको लागि स्मार्ट सडक बत्ती जोड्न थालिएको हो । स्मार्ट बत्ती बलेपछि बजारमा रातको समयमा पनि यात्रु तथा सवारी साधनलाई ओहोदोहरमा सहज हुनुका साथै बजारको सुन्दरता पनि देख्न सकिने ईन्जिनियर राउतले बताउनुभयो । नगरपालिका र विद्युत् प्राधिकरणसँग नियन्त्रण प्रणाली रहने गरी सडक बत्ती जडान भइरहेको छ । इन्जिनियर राउतका अनुसार करिब चार किलोमिटर सडकमा ७५ वटा ६० वाट देखि २०० वाट सम्मको बत्ती जडान गरिने छ । त्यसका लागि २६ वटा नयाँ पोल गाडिएको छ भने ४४ वटा प्राधिकरणको पूरानै पोल प्रयोग गरिने उहाँले सुनाउनुभयो । दुबै तर्फ बत्ती जडित पाँचवटा पोल गाडिएको छ । सातदोबाटो र पशुपति डाँडामा हाई मास्ट पोल ३–३ वटा रहेको उहाँले सुनाउनुभयो । उहाँले बजारको सुरक्षाको लागि सिसिटिभी जडान गर्ने तयारी समेत गरिएको सुनाउनुभयो । सिसिटिभी जडानको आधार निर्माणमा सडक बत्ती जडान गरिएको हो ।

Shares

Be the first to comment on "चरिकोटमा स्मार्ट सडक बत्ती जोडिने"

Leave a comment

Your email address will not be published.


*