चरिकोटमा सुरू भयो लाखे नाच

दोलखा । कोरोना त्रासकै बिच मास्क लगाउनु पर्ने सन्देश सहित चरिकोटमा पृथक शैलीको लाखे नाच शुरू भएको छ ।नेवारहरुको बस्ती भएको देशको बिभिन्न ठाउँमा कृष्ण चरित्रमा आधारित लाखे (पुतना) नाच प्रर्दशन गर्ने परम्पराअनुसार कोरोना त्रासकै बिच बिहिबारदेखि लाखेनाच सुरु भएको छ ।दोलखा सदरमुकाम चरिकोटमा लालिगुराँस युवा क्लब चरिकोटको सक्रियतामा लाखे नाच प्रर्दशन गरिँदै आएको छ ।गठेमङ्गलको भोलीपल्टदेखि कृष्ण जन्माष्टमीसम्म चरिकोटमा लाखेनाच प्रर्दशन गरिने परम्परा रहेको छ ।सुरक्षाको सामान्य उपायहरू अपनाएर लाखेनाच प्रर्दशन गरिएको लालीगुराँस युवा क्लब चरिकोटका अध्यक्ष प्रविन श्रेष्ठले बताए ।लाखे र लाखेको सिपाही(झुम्रे)ले समेत मास्क लगाएर भीडभाड नहुने गरि लाखेनाच प्रदर्शन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।चरिकोटमा नेवारहरुको बस्ती बसे देखिनै सुरु भएको र बिचमा केहि समय बन्द भएको यो नाचलाई चरिकोट गुठी हुँदै लालीगुराँस युवा क्लबले निरन्तरता दिएको श्रेष्ठले बताए

Shares

Be the first to comment on "चरिकोटमा सुरू भयो लाखे नाच"

Leave a comment

Your email address will not be published.


*