चरिकोटमा सवारीसाधनमा किटनाशक औषधि छर्कन सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १६
कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि जिल्ला भित्रिएका अत्यावश्यकिय सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्र चरिकोट प्रवेश गराउन थालिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको पहल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा मंगलबारदेखि जिल्ला भित्रिएका अत्यवश्यक सवारीसाधनमा किटनाशक औषधी छर्कन सुरु गरिएको हो । जिल्ला प्रवेश गर्ने अत्यवश्यकिय सवारीसाधनलाई भीनपा ६ स्थीत पाटीखोलामा कीटनाशक औषधि छर्किन सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापती गोकर्ण पोखरेलले बताए । उनका अनुसार सवारी साधनलाई औषधी छर्किएर गन्तव्य स्थलसम्म सुरक्षित भएर जान उक्त कार्य गरिएको हो । साथै तामाकोशी गाउँपालिकाको किर्नेमा सवारीमा सवारी साधनमा औषधी छर्कन केहि दिनमा सुरु गरिने जनाइएको छ । जिल्लाको विश्वव्यापी संक्रमणको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय दोलखामा पनि जिल्ला भित्रिने नाकामा कडाइ गरिएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा सवारीसाधनमा किटनाशक औषधि छर्कन सुरु"

Leave a comment

Your email address will not be published.


*