चरिकोटमा लाखे नाँच सुरु

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा लाखे नाँच सुरु भएको छ । शनिबारबाट उक्त नाँच सुरु भएको हो ।
नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि भोलिपल्ट कृष्ण सहतिका देवी(देवता र राक्षसको चरित्रमा आधारित भई प्रत्येक वर्ष लाखे नाच प्रदर्शन गर्ने गरिन्छ । चरिकोट बजार परिक्रमा गरेर उल्लासमय ढंगले लाखे नाच प्रदर्शन सुरु भएको हो । मुखुन्डो लगाएर राक्षसको भेषमा प्रस्तुत हुने रोचक र पृथक शैलीको लाखे नाच हेर्न दर्शकहरुको बाक्लो भीड लाग्छ । आन्तरिक मात्र नभई बाह्य पर्यटकको पनि आकर्षण बनेको लाखे नाचले सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेको छ । विषेश गरी नेवार समुदायमा प्रचलित यो नाच जात्रा, पर्व, उत्सव लगायतका बेलामा प्रस्तुत गरिन्छ । गठेमङ्गलको भोलीपल्टदेखि कृष्ण जन्माष्टमीसम्म चरिकोटमा लाखेनाच प्रर्दशन गरिने परम्परा रहेको छ । उक्त रात कृष्णको चक्र प्रहारबाट लाखे मारिएपछि यो पर्व सकिने गरेको छ । चरिकोटको बजारमा लाखे नाच प्रदर्शनको बेला दर्शकको उल्लेख्य उपस्थिति र उत्सुकता थपिने गरेको छ  । वि .सं. २०१६ सालदेखि चरिकोटमा लाखे नाच प्रदर्शन सुरु गरिएको जानकारहरु बताउने गर्दछन् । चरिकोटमा यो नाँचलाई बर्षेनी लालीगुराँस युवा क्लबले निरन्तरता दिदै आएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा लाखे नाँच सुरु"

Leave a comment

Your email address will not be published.


*