चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा लाखे नाँच सुरु भएको छ । शनिबारबाट उक्त नाँच सुरु भएको हो । नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि भोलिपल्ट कृष्ण सहतिका देवी–देवता र राक्षसको चरित्रमा आधारित भई प्रत्येक वर्ष लाखे नाच प्रदर्शन गर्ने गरिन्छ । चरिकोट बजार फन्को लगाएर उल्लासमय ढंगले लाखे नाच प्रदर्शन सुरु भएको हो । मुखुन्डो लगाएर राक्षसको भेषमा प्रस्तुत हुने रोचक र पृथक शैलीको लाखे नाच हेर्न दर्शकको बाक्लो भीड लाग्छ । आन्तरिक मात्र नभई बाह्य पर्यटकको पनि आकर्षण बनेको लाखे नाचले सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेको छ । विषेश गरी नेवार समुदायमा प्रचलित यो नाच जात्रा, पर्व, उत्सव लगायतका बेला प्रस्तुत गरिन्छ । गठेमङ्गलको भोलीपल्टदेखि कृष्ण जन्माष्टमीसम्म चरिकोटमा लाखेनाच प्रर्दशन गरिने परम्परा रहेको छ । उक्त रात कृष्णको चक्र प्रहारबाट लाखे मारिएपछि यो पर्व सकिने गरेको छ । चरिकोटको बजारमा लाखे नाच प्रदर्शनको बेला दर्शकको उल्लेख्य उपस्थिति र उत्सुकता थपिने गरेको छ । २०१६ देखि चरिकोटमा लाखे नाच प्रदर्शन सुरु गरिएको जानकारहरु बताउने गर्दछन् । चरिकोटमा यो नाँचलाई बर्षेनी लालीगुराँस क्लबले निरन्तरता दिदै आएको छ ।
चरिकोटमा लाखे नाँच सुरु
Posted By: दीक्षण दैनिक १९ श्रावण २०८१, शनिबार १८:४६
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार २०:२२
नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार २०:३५
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार २०:०८
विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न
४ आश्विन २०८१, शुक्रबार १२:३६
सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि
४ आश्विन २०८१, शुक्रबार १३:१४
Be the first to comment on "चरिकोटमा लाखे नाँच सुरु"