चरिकोटमा रहेको पशु वधशाला डोजर लगाएर भत्काइयो

चरिकोट–भिमेश्वर नगरपालिकाले वडा नम्बर ३ चरिकोटमा रहेको पसु् बधशालालाई सोमबार डोजर लगाएर भत्काएको छ । स्थानीयले बधशालाको कारण दुर्धगन्ध भएको भन्दै गुनासो गरेसँगै नगरपालिकाले बध शाला भत्काएको हो । व्यवसायीलाई पटक पटक बैकल्पिक स्थानको व्यबस्था गर्न आग्रह गर्दा समेत कूनै ठाँउको व्यवस्था नगरेको कारण नगरपालिकाले बधशाला भत्काएको वडा नम्बर ६ का अध्यक्ष नविन लामाले बताए । “उहाँहरुलाई असार देखी बजार बाट टाढा स्थान खोज्न अनुरोध गरेको तर उहाँहरुले बैकल्पिक स्थानको व्यवस्था नगरेको कारण बधशाला भत्काइएको हो ” लामाले भने । नयाँ बधशाला निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने पनि लामाको भनाई रहेको छ । चरिकोटमा रहेको बधसाला २०५८ साल देखी संन्चालनमा रहेको थियो । तत्कालिन पसुसेवा कार्यालय र भिमेश्वर नगरपालिकाले निर्माण गरेको बधशालाको व्यवस्थापनको जिम्मेवारी व्यवसायीलाई दिएको थियो । तर व्यवस्थापन भने अस्तबेस्त जस्तै रहेको थियो ।
चरिकोटमा रहेको बधसालाको कारण बेला बेलामा चरिकोटमा बजार नै दुर्गन्धीत हुने गरेको थियो । दुर्गन्धीत भएको कारण स्थानीयले नगरपालिकामा बधसालाको वैकल्पिक ब्यवस्था गर्न माग गर्दै आएका थिए ।

Shares

Be the first to comment on "चरिकोटमा रहेको पशु वधशाला डोजर लगाएर भत्काइयो"

Leave a comment

Your email address will not be published.


*