चरिकोटमा रक्तदान सम्पन्न

चरिकोट,––दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान, जीवनदान भन्ने नाराका साथ मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस दोलखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता सहित १८ जनाले रक्तदान गरेका छन् । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना हो । नियमित रक्तदान कार्यक्रम नभएको खण्डमा रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन जान्छ । रगत अभाव भए शल्यक्रिया गर्नुपर्ने सुत्केरीसहित विभिन्न दुर्घाटनामा परेका बिरामीलाई उपचारमा समस्या हुन्छ । समयमैँ रगत नपाई उपचार प्रभावित हुँदा बिरामीको ज्यानै जान सक्छ । त्यसैले कोहीले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मानवीय सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई आयोजकको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा रक्तदान सम्पन्न"

Leave a comment

Your email address will not be published.


*