चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

दीक्षण समाचार

चरिकोट, मंसिर २९

दोलखाका सदरमुकाम चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी दोलखाको समन्वयमा पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति युवा नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा रगतको अभाव हुन नदिन “रक्तदान जीवनदान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको पतञ्जली महिला संघकी अध्यक्ष अर्चना घिमिरेले बताउनु भयो । चुनावका कारण रक्तदान कार्यक्रमका साथै रगत संकलन कार्य प्रभावित हुँदा जिल्लामा रगतको चरम अभाव भएको पाइयो । त्यसैले यस्तो बेला सजिलै रगत उपलब्ध होस् भनेर रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ । रेडक्रस सोसाइटीका सभापति गोकर्णप्रसाद पोखरेलले रक्तदान कार्यक्रमबाट २८ पिन्ट रगत संकलन भएको बताउनु भयो । संकलित रगत रक्तसञ्चार केन्द्रमा बचत गरिने र आवश्यक परेको बेला बिरामीलाई उपलब्ध गराइने उहाँले बताउनु भयो । उपचाररत बिरामीले रगत अभावमा ज्यान गुमाउनु नपरोस् भनेर जिल्लामा पुनः रक्तदान कार्यक्रमहरु आयोजना हुन लागेको सभापति पाखरेलले बताउनु भयो । “निर्वाचनको बेला राजनीतिक कार्यक्रमहरुले व्यापकता पाउँदा रक्तदान कार्यक्रमहरु भएनन् । जसले गर्दा रगत आपूर्ति कठिन भएको थियो ।” उहाँले भन्नुभयो, “अहिले भने निर्वाचन सकिएपछि रक्तदानका कार्यक्रमहरु आयोजना हुन थालेका छन् ।”

Shares

Be the first to comment on "चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*