चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

राजकुमार भुजेल
चरिकोट, असार ९
दोलखाको सदरमुकाम चरिकोटमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेको छन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोलखाको समन्वयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दोलखाको आयोजना गरेको हो ।
कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले यातायात व्यवसायीहरूको हकहितका निम्ति काम गर्ने सङ्गठनले सामाजिक दायित्व वहन गर्दै आफ्नो स्थापना दिवस रक्तदान गरी मनाउनु सराहनीय कार्य भएको बताउनुभयो । दिवसको अवसरमा अन्य कार्यक्रम गर्नुभन्दा रक्तदान कार्यक्रम गर्नु प्रभावकारिता र प्रशंसाको विषय हुने भएकोले सोही अनुरूप गरिएको ने.या.स्व.म.सं का उपाध्यक्ष भुवन प्रधानले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्ने आयोजक र रक्तदातालाई धन्यवाद व्यक्त गर्नुभयो । शल्यक्रिया गर्नुपर्ने बिरामी र सुत्केरीका लागि रगतको खाँचो पर्छ । रगत नपाए उनीहरूको ज्यानै खतरामा पर्छ । यस्तो अवस्थामा रगत दान गरी खतराबाट बचाउने रक्तदातालाई बिरामीले भगवान मान्छन् । त्यसैले रक्तदाता बन्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा मात्र नभई अरु बेला पनि रक्तदान गर्न चाहने योग्य व्यक्तिले रेडक्रस वा रक्तसञ्चार केन्द्र चरिकोटमा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो । । एक मानिसको रगत दानबाट अर्को मानिसको ज्यान बचाउन सकिने भएकोले रक्तदानमा अग्रसर हुन उहाँले अनुरोध गर्नुभयो ।

Shares

Be the first to comment on "चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*