चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

चरिकोट, (दीस) – रगतको अभाबले कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सदरमुकाम चरिकोटमा भएको रक्तदान कार्यक्रममा ४७ जनाले रगत दान गरेका हुन । दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ जिल्ला शाखा दोलखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको सहजीकरणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको छैटौं स्थापना दिवसको अबसरमा आयोजना गरेको रक्तदानमा रगत अभावको कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस र रगतको अभाव नहोस भन्ने उदेश्यले स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ दोलखाका अध्यक्ष भिम बहादुर श्रेष्ठले बताए । “लकडाउनले रगत अभाव नहोस भनेर संस्थको स्थापना रक्तदान कार्यक्रम गरेका हौ” अध्यक्ष श्रेष्ठले भने । रेडक्रस दोलखाका सभापति गोकर्ण पोखरेलले जिल्लामा रगतको धेरै माग हुने गरेको र विभिन्न संघ संस्थाको सहकार्यमा रक्तदान कार्यक्रमहरु भई रहेकाले रगतका अभाव भएका विरामीहरुका लागि धेरै सहज भएको बताए ।

Shares

Be the first to comment on "चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*