चरिकोटमा मूल्य तथ्याङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न

चरिकोट(दीस) ः सदरमुकाम चरिकोटमा मूल्य तथ्याङ्क प्रदायक स्रोत पसल तथा संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैँक को आर्थिक अनुशासन विभागद्वारा सही र यथार्थ मूल्य तथ्याङ्क संकलनकालागि आयोजित अन्तरक्रिया शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैँक आर्थिक अनुशासन विभागका उपमहानिर्देशक रविन्द्र महर्जनले तथ्याङ्क संकलनका विविध पक्षहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले बजार मूल्य तथ्याङ्कलाई विश्वसनीय एवम् प्रभावकारी बनाउने उद्धेश्यका साथ तथ्याङ्क स्रोत प्रदायकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
उहाँले बजारमा कारोबार हुने ६३ वटा वस्तुको थोक मूल्य विवरण सङ्कलन, प्रशोधन र अद्यावधिक गर्ने कार्य भईरहेको बताउनु भयो । सो तथ्याङ्कबाट शोधकर्ता, योजनाविद् र सरोकारवालालाई मूल्य सम्बन्धी विविध पक्षहरुको अध्ययन गरी मुलुकको समष्टिगत एवम् सुक्ष्म आर्थिक स्थितिको विश्लेषण गर्न सहज हुने उहाँको भनाई छ । तथ्याङ्कले देशको आर्थिक नीति निर्माण गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो ।
उप–महानिर्देशक महर्जनले वस्तुको मुल्य सम्बन्धी सही र यथार्थ विवरण उपलब्ध गराई आर्थिक नीति निर्माणमा सघाउन विक्रेतारुलाई अनुरोध गर्नु भयो । बजारमा संकलकहरु परिचालन भई वस्तुको थोक मूल्य तथ्याङ्क संकलन गरी नेपाल राष्ट्र बैँकको सफ्टवेयरमा प्रविष्ट गर्ने गरेका छन् । उप–महानिर्देशक महर्जनका अनुसार चरिकोट बजारमा दुई जना तथ्याङ्क संलकहरु सक्रीय छन् । कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले मूल्य तथ्याङ्क संकलन कार्यमा सघाउन उद्योगी तथा व्यापारीहरुलाई अनुरोध गर्नु भयो । उहाँले पछिल्लो समयमा आर्थिक संकट आइपरेका बेला प्रतिकुल बैँकिङ नीति ल्याउने र ब्याजदर बढाउने कार्यले व्यापारी÷व्यासायीलाई मर्का परेको गुनासो गर्नु भयो । उहाँले व्यापारी÷व्यवसायीहरुको समस्या समाधानकालागि नेपाल सरकार र नेपाल राष्ट्र बैँकको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

Shares

Be the first to comment on "चरिकोटमा मूल्य तथ्याङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न"

Leave a comment

Your email address will not be published.


*