चरिकोटमा भालुको आक्रमणमा परी एक जना गम्भिर घाइते

चरिकोट(दीस) –दोलखाको सदरमुकाम चरिकोटमा जंङगली जनवार भालु आक्रमण परी एक जना गम्भिर घाइते भएका छन् । आज विहान ६ः ३० बजे   भिमेश्वर नगरपालिका वडा नम्बर ६ स्थीत चरिकोट भन्दा एक सय मिटर मुनी भालुको आक्रमणमा परी स्थानीय रामकृष्ण श्रेष्ठ गम्भिर घाइते भएको स्थानीय रामप्रसाद न्यौपानेले जानकारी दिए । श्रेष्ठको चरिकोट स्थीत प्राथमिक स्वास्थ्य  केन्द्रमा उपचार भइराखेको स्थानीयले बताएका छन । विहान मथानी जाने बाटोमा रहेको ढुङगे धारोमा मुख धुन जाने क्रममा उनलाई भालुले आक्रमण गरेको पनि स्थानीयले बताएका छन । उनलाई भालुले आक्रमण गरेपछि स्थानीयले भालु भगाएका थिए । भालुको आक्रमणको संन्त्रासले स्थानीय त्रसित भएका छन । पछिल्लो समय दोलखाका विभिन्न स्थानमा भालुको आक्रमण बढ्न थालेको छ ।

Shares

Be the first to comment on "चरिकोटमा भालुको आक्रमणमा परी एक जना गम्भिर घाइते"

Leave a comment

Your email address will not be published.


*