चरिकोटमा बेहोस अबस्थामा फेला परेका पुरुषको उपचार क्रममा मृत्यु

चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा बेहोस भएका एक पुरुषको मृत्यु भएको छ । चरिकोटको चरिकोट मन्थली सडकमा बेहोस अवस्थामा फेला परेका ती पुरुषको उपचार क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सडकमा पुरुष बेहोस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा लगेको थियो । उपचारका क्रममा आइतबार उनको बिहान मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । मृतक पुरुषको शव पशुपति चौलागाई स्मृति अस्पतालको शव गृहमा राखिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । घटनाको थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा बेहोस अबस्थामा फेला परेका पुरुषको उपचार क्रममा मृत्यु"

Leave a comment

Your email address will not be published.


*