चरिकोटमा निमार्णाधिन बहुउद्देश्यीय भवनबाट खसेर एक व्यक्ती घाइते

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन २३
भीमेश्वर नगरपालिका चरीकोट बजारको सातदोबाटो चोकमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय भवनमा शुक्रबार काम गर्ने क्रममा खसि एक व्यक्ती  घाइते भएका छन् ।
घाइते हुनेमा भारत विहारका महशुद आलम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भवनको पाँच तलामाथी काठको फर्मा ठोक्ने क्रममा   पाँच तलामाथीबाट खसेर घाइते भएका हुन् ।  घाइते आलमलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र प्रस्तावित चरिकोट अस्पताल लगिएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा निमार्णाधिन बहुउद्देश्यीय भवनबाट खसेर एक व्यक्ती घाइते"

Leave a comment

Your email address will not be published.


*