चरिकोटमा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

smart

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ११
दोलखाका सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता भीमेश्वर नगरपालिका आयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा कालिञ्चोक माविको प्राङगणमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सदस्य पशुपति चौलागाईंले उद्घाटन गरे । उनले खेलकुदको माध्यमबाट देशलाई थप पहिचान दिलाउन खेलाडीहरुको महत्वपुर्ण भूमिका रहेको बताए । उनले खेलकुदबाटै जिल्लाको विकासमा सहयोग गर्न आग्रह गरे ।
प्रतियोगितामा नगरका १६ विद्यालय सहभागी रहेको छ । प्रतियोगितामा दौड, भलिबल, हाइजम्प लगायतका खेल हुने आयोजकले जनाएको छ ।
उद्घाटन खेल त्रिपुरा ग्लोरियस एकडेमी र कालिञ्चोक माविका विद्याथीबिच छात्र भलिबल खेल भएको छ । उद्धघाटन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले खेल मैत्रीपुर्ण र अनुसाशित भएर खेल्न आग्रह गरे । उनले नगरले खेल क्षेत्र विकासका लागि एक वडा एक खेल मैदान निर्माण सुरु गरेको बताए ।
समारोहमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रोहित खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "चरिकोटमा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*