चरिकोटमा ट्राफिक व्यवस्थापन गर्न समस्या

चरिकोट(दीस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले चरिकोटमा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताउनु भएको छ । मंगलबार चरिकोटमा आयोजित दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले आवश्यक पूर्वाधारको अभाव, अव्यवस्था र असहयोगले ट्राफिक व्यवस्थापन जटिल बनेको बताउनु भएको हो ।
उहाँले सवारीसाधनको अनुपातमा उपयुक्त सडक नहुनु, जिल्ला सदरमुकाममै पार्किङ स्थलको अभाव, सिसि क्यामेरा जडान नगरिनु, सडकमै अव्यवस्थित हाटबजार सञ्चालन हुनुले ट्राफिक व्यवस्थानमा समस्या भएको बताउनु भयो । “७७ जिल्ला मध्ये दोलखामा एउटा पनि बसपार्क छैन । पार्किङ अस्तव्यस्त छ ।” ट्राफिक प्रहरी प्रमुख पुरीले भन्नुभया,े “सडकहरु साँघुरा छन । सडकमा व्यापारव्यवसाय र हाटबजार बन्द गरिएको छैन । जसले गर्दा दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन जटिल बनेको हो ।”
अभाव र अव्यवस्थाका बाजजुद पनि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन र ट्राफिक व्यवस्थापन गरिरहेपनि त्यसको प्रभावकारिता कमजोर रहेको उहाँको भनाई थियो । उहाँले टूाफिक प्रहरीको मात्र एकल प्रयासले ट्राफिक व्यवस्थापन र दुर्घटना कम गराउने अभियान प्रभावकारी नहुने बताउँदै सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले ट्राफिक व्यवस्थापनमा देखिएका जटिलताहरु कम गराउन अभाव र अव्यवस्था हटाइनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सरोकारवालाहरुले पूर्वाधार व्यवस्था तथा स्रोतसाधनको उचित परिचालन गरी बजार र ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा ट्राफिक व्यवस्थापन गर्न समस्या"

Leave a comment

Your email address will not be published.


*