चरिकोटमा टेम्पुः विवादमा,टेम्पोले प्रदुषण बढाउँछ–नगरपालिका,स्वीकृति लिएर सञ्चालन गर–ट्राफिक

चरिकोट–चरिकोटमा केहि समय टेम्पुहरु चले । दोलखा मन्दिर र बजारमा मानिसहरुलाई सहज पनि भयो । केहि समयपश्चात ट्राफिक प्रहरी र नगरपालिकाको कार्यालयले प्रकृया नपुगि सञ्चालन भएको भन्दै सेवा रोक्न भनेका छन् । अहिले टेम्पु सेवा रोकिएको छ । “जिल्ला ट्राफिक कार्यालय दोलखाले विधिवत रुपमा दर्ता नभएकोले टेम्पु चलाउन प्रतिवन्ध गरिएको जनाएको छ । रुट परमिट बिनै चलाइएको र मंहगो भाडालिइएको देखिएकोले मंसिर १० गते कारबाही गर्दै सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख गोकर्ण नेपालले बताए । टेम्पो सार्वजनिक यातयात भएको यातयात विभागको अनुमति नलिई सेवा सञ्चालन गर्न नपाइने नेपालको भनाई छ ।
उद्यमीको छ लाख खर्च
परिक्षणको रुपमा सुरुमा ३ वटा टेम्पो सञ्चालनमा ल्याइएको थियो । टेम्पो सञ्चालक सहदेव खड्का टेम्पोमा रातो नम्बर प्लेट भएका कारण ट्राफिक प्रहरीले अवरोध गरेको बताउँछन् । परिक्षणको रुपमा चलाएको टेम्पुमा जनताले उत्साहजनक तरिकाले सहभागिता जनाएको कारण कम्पनी बनाएर कालो प्लेटमा चलाउन लागेको खड्काले जानकारी दिए । हाल भिमेश्वर नगरपालिकाको ३ वटा वडामा टेम्पो सेवा सञ्चालन गर्न लागिएको खड्काको भनाई छ । सेवा सञ्चालनका लागि नगरपालिकाको वडा नम्बर २ ,३ र ५ बाट अनुमति लिइसकिएको छ ।
टेम्पोले प्रदुषण बढाउँछ–नगरपालिका
भिमेश्वर नगर भित्र कोही कसैले टेम्पो चलाउन नपाउने नगरले जनाएको छ । प्रदुषण बढ्ने,पार्किङको समस्या हुने र दुर्घटना हुन सक्ने भएकाले नगरपालिकाले तिनपाङ्ग्रे सवारी प्रतिबन्ध गरेको जनाएको छ । भीमेश्वर नगरपालिकाकी उप्रमुख कमला बस्नेतले जिल्लामा निजी सवारी साधन बोलेरोलाई नियन्त्रण गर्न नसकेको अवस्थामा टेम्पु चल्न दिँदा व्यवस्थापनमा चुनौती थपिने बताइन् । नगरका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले नगरले कोही कसैलाई टेम्पु चलाउन स्वीकृति नदिएकाले स्वीकृति बिना नै टेम्पु चलाइएमा कारबाहीको दायरामा ल्याइने बताए ।
स्वीकृति लिएर सञ्चालन गर–ट्राफिक
बिना स्वीकृति सञ्चालन भएको पाइएकोले टेम्पो नियन्त्रणमा लिइ कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । रुट परमिट बिनै चलाइएको र मंहगो भाडा लिएको देखिएका कारण कारबाही
गरेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख गोकर्ण नेपालले बताए । टेम्पो सार्वजनिक यातयात भएको हुँदा सञ्चालनका लागि नियमानुसार यातयात विभागको अनुमति लिनु पर्ने प्रावधान छ । सरकारको अनुमति लिएमा टेम्पुचलाउन रोक नलगाउने नेपालले बताए । उनका अनुसार टेम्पुमा रातो प्लेटटमा रहेकाले कालो पेल्ट बनाएर सञ्चालन गर्नु पर्ने हुन्छ ।
भाडाको सवारी साधन दर्ता प्रक्रिया
सार्वजनिक सवारी ऐनले सार्वजनिक सवारीमा राखिने प्लेट कालो प्लेटमा सेतो अक्षर र अंकमा हुनुपर्ने व्यवस्था गरेको छ । । बागमती अञ्चलभित्र दर्ता गरी काठमाडौं उपत्यकाको चक्रपथ र चक्रपथ बाहिरभाडामा चलाइने टेप्पो र माइक्रोबसको नम्बरप्लेट सेतो प्लेटमा कालो अक्षर र अंकमा राख्नु पर्ने व्यवस्था गर्नु पर्ने ऐनको दफा ६ को उपदफा ५ मा व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "चरिकोटमा टेम्पुः विवादमा,टेम्पोले प्रदुषण बढाउँछ–नगरपालिका,स्वीकृति लिएर सञ्चालन गर–ट्राफिक"

Leave a comment

Your email address will not be published.


*