चरिकोटमा खडकाले दिए ःएक महिनाको ७१ हजार घर भाडा छुट

चरिकोट (दीस) –दोलखाको भिमेश्वर नगरपालिका स्थीत चरिकोटका एक घर बेटीले घर भाडा छुट दिने घोषणा गरेका छन् । पालिकाको वडा नम्बर ३ स्थीत बसपार्कमा  रहेको घरको  घर वहाल बापत चैत्र महिनाको सबै भाडा घरबेटी ज्ञानेन्द्र खडकाले छुट दिने बताएका छन् । उनले सो महिनाको घरबाट उठ्ने ७१ हजार ५ सय रुपैँया नलिने बताए । सरकारले कोरोनाको कारण व्यापारमा असर परेको भन्दै एक महिनाको घर भाडा नलिन आग्रह गरेकोले आफुले सो अभियानलाई साथ दिन भाडा छुट दिएको खडकाले बताए । “कोरोना संक्रमण”को कारण सबैलाई असर परेकोले व्यवसायीलाई केही राहत मिल्ने उनले बताए । “ होटल व्यवसायीलाई ५१ हजार पाँच सय तथा तीन वटा सटरको २० हजार भाडा बापतको रकम म लिन्न ” खडकाले भने ।

घर भाडामा बस्दै आएका होटल व्यबसायी बिनोद जिरेलले कोरोना संक्रमणको कारण होटल व्यबसाय ठप्प भएकोले घर बेटीले एक महिनाको घर भाडा छुट दिने घोषणाले केही भए पनि राहत मिलेको बताए । यस अघि चरिघ्याङका घरबेटी मिङगुर शेर्पाले होटल व्यबसायी धन थामीलाई दश हजार भाडा छुट दिने बताएका थिए ।

Shares

Be the first to comment on "चरिकोटमा खडकाले दिए ःएक महिनाको ७१ हजार घर भाडा छुट"

Leave a comment

Your email address will not be published.


*