चरिकोटमा कोरोना संक्रमणकाे जोखिम बढ्यो

चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोटमा कोरोना संक्रमणकाे जोखिम बढेको छ । आज कोरोना संक्रमित चरिकोटमा देखा परेसँगै कोरोना संक्रमणकाे जोखिम बढेको हो । दोलखाकाे आज ५ जनाकाे पीसीआर टेष्टमा  कोरोना संक्रमण पुष्टि भएकाे थियाे । जसमा ४ जना सरकारी कर्मचारी रहेका छन् भने एक जना बैकको कर्मचारी रहेका छन् ।उनीहरुको कार्यालय सदरमुकाम चरिकोटमा रहेको छ । यसले दोलखामा कोरोना संक्रमण जोखिम भएको देखाएको छ । उनीहरुको स्वास्थ्यमा समस्या आएपछि प्राथमिक स्वास्थ्य चौकी चरिकोटमा उपचार गर्न जाँदा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेपछि स्वाब संकलन गरेर पीसीआर टेष्टको लागि धुलिखेल पठाइएको थियो । ९ जनामा पाँच जनामा कोरोना संक्रमण पुष्टि हुनुले पनि दोलखामा कोरोना संक्रमणको जोखिम बढाएको हो ।पछिल्लो समय सरकारले कोरोना संक्रमणको लक्षण देखा परेका  बिरामीकाे मात्र पीसीआर टेष्ट गर्ने नीति लिएसँगै दोलखामा पीसीआर टेष्ट कम भएको छ । त्योसँगै दोलखामा कोरोना संक्रमण कम देखिएको स्वास्थ्य सम्बद्ध अधिकारीको भनाई रहेको छ । राजधानी काठमाडौमा दिनौ कोरोना संक्रमित संख्या बढ्नुले पनि दोलखा कोरोना संक्रमण जोखिम बढेको हो । राजधानीबाट दोलखामा सवारी साधन सहज ओहोदोहर गर्ने गरेका छन् ।दोलखाका नागरिकलाई राजधानीमा पछिल्लो समय कोरोना संक्रमण .धेरैलाई भएको छ । उनीहरुलाई संक्रमण पुष्टी भएपछि पनि दोलखा ओहोरदोहोर गर्नाले दोलखामा संक्रमण जोखिम भएको चरिकोटका एक स्थानीयले बताए । दशै नजिकेसँगै चरिकोटमा भीड बढ्न थालेको छ । जनताले समाजिक दुरी कम पालना गरेका छन् ् माक्सको पुर्ण पालना हुन सकेको छैन । यसले पनि चरिकोटमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

 

Shares

Be the first to comment on "चरिकोटमा कोरोना संक्रमणकाे जोखिम बढ्यो"

Leave a comment

Your email address will not be published.


*